२३ बैशाख २०८१, आईतवार
आजदेखि शम्शेरगजमा गंगामाला देउती बज्यैको मेला

कालीमाटी मन्दिरको विकासका लागी राप्तीसोनारी गाउँपालिका सदैव सकारात्मक


  • टाइम्स संवाददाता

  • ९ पुष २०८०, सोमबार १९:०३

राप्तिसोनारी,बाँके: बाँकेको राप्तीसोनारी गाउँपालिका वडा न ८ओभरीमा सोमबारदेखी कालीमाटी गंगामाला देउती बज्यैको मंसिर पुर्णिमा मेला सुरु भएको छ । कालीमाटी गंगामाला देउती बज्यै मेला आयोजक समितिको आयोजना तथा कालीमाटी गंगामाला देउती बज्यै मन्दिर व्यवस्थापनको समितिको व्यवस्थापनमा संचालन गरिएको मेलाको राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलले उद्धघाटन गरे । मेलाको उद्धघाटन सत्रमा बोल्दै प्रमुख अथिति पौडेलले राप्तीसोनारी गाउँपालिका कला र संस्कृतिमा धनी गाउँपालिका भएको बताउदै सबै धर्म र संस्कृतिहरुले एकताको सुत्रमा बाँध्ने काम गरेको बताए ।

उनले स्थानीय स्तरमा आयोजना गरिने मेला र महोत्सवमा स्थानीय उत्पादनहरुको बजारीकरणका सहयोग पुग्ने बताए । त्यस्तै उनले स्थानीय स्तरमा आयोजना हुने मेला र महोत्सवमा विद्यार्थी र विद्यालयहरुलाइ प्रयोग ध्यानाकर्षण गराएका छन । कालीमाटी मन्दिरको विकासका लागी राप्तीसोनारी गाउँपालिका सदैव सकारात्मक रहेको समेत बताए । मेलाको उद्घाटनसत्रमा सल्यान र रुकुमको पहिचान झल्काउने पन्चैबाजा, सोरठी नाच, मयुर नाच लगायतका झाँकीहरु प्रस्तुत गरिएको थियो भने बाँके राष्ट्रिय निकुञ्ज सुरक्षार्थ अर्जुनवाण गण नेपाली सेनाको टोलीले चण्डी नाच प्रस्तुत गरेको थियो ।

उद्द्धघाटनको पहिलो दिन सोमबार राष्ट्रिय थारु गायक रोशन रज्गैया र लोक तथा दोहोरी गायक भिम कुसारीको स्थानीय कलाकारहरुको प्रस्तुति रहको थियो । मेलामा राष्ट्रिय स्तरका ख्याती प्राप्त गायक गायिका र स्थानीय कलाकारहरुको वेजोड प्रस्तुति रहने जनाइएको छ । त्यस्तै खुल्ला भलिबल,ब्याटमिन्ट्न प्रतियोगिता महिलाहरुको कुर्सी दौड,तानडोरी प्रतियोगिता लोक नृत्य प्रतियोगिता समेत संचालन गरिने आयोजकले जनाएको छ ।

मेला समिति संयोजक हर्क बहादुर विष्टको सभापतित्वमा सम्पन्न भएको उद्धघाटन सत्रमा राप्तीसोनारी गाउँपालिका वडा नं ८ का वडाध्यक्ष सालिकराम डाँगी,वडा न ९ का वडाध्यक्ष सोहनलाल थारु, बाँके राष्ट्रिय निकुञ्ज सहायक वन संरक्षण अधिकृत उत्तम कुमार चौधरी, अर्जुनवाण गणका उपसेनानी बसन्त कुमार खडका स्थानीय संघसंस्थाका प्रतिनिधि,समाजसेवी,प्रहरी सर्वसाधारण लगायतको सहभागीता रहेको थियो ।

Nabintech