८ जेष्ठ २०८१, मंगलवार
नाट्टा च्याप्टर बाँकेको देशको कान्छो निकुञ्ज सफारी (भिडियो सहित)

निकुञ्ज क्षेत्रका जनताको जीवनस्तरमा वृद्धि समेत हुने विश्वास


  • टाइम्स संवाददाता

  • १० पुष २०८०, मंगलवार ०९:०६

नेपालगन्ज : बाँके राष्ट्रिय निकुञ्जभित्र सोमबार सफारी गरिएको छ । जिल्लाका उद्योगी, व्यवसायी, पर्यटनकर्मी, प्रदेश सांसद, राजनीतिककर्मी, चिकित्सक, सञ्चारकर्मी लगायतको सहभागितामा जीप सफारी गरिएको हो ।

निकुञ्ज कार्यालयसँगको सहकार्यमा नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरको आयोजनामा सफारी गरिएको हो । उक्त टोली निकुञ्ज मुख्यालय ओभरीबाट भित्र जंगलमा प्रवेश गरी वनपथ हुँदै झुरीखोला भएर राजमार्गमा निस्केको थियो ।  सो क्रममा वन्यजन्तुका साथै मचान, सौर्य उर्जा जडित पोखरीहरु अवलोकन गरिएको नाट्टा बाँके च्याप्टर अध्यक्ष श्रीराम सिग्देलले जानकारी दिए ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोजकुमार शाहले पर्यटन प्रवर्द्धनका लागि बेला बेलामा जिल्लाका सरोकारवालाको सहभागितामा सफारी गर्न आवश्यक रहेको बताए । निकुञ्जको मध्यवर्ती क्षेत्र ब्यवस्थापन समितिका अध्यक्ष गेहेन्द्रकुमार खड्काले सफारीले निकुञ्जमा पर्यटकीय गतिविधी बढ्न सघाउ पुर्याउने विश्वास गरे ।

पर्यटन प्रवर्द्धन मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले यस्ता कार्यक्रमले आन्तरिक एवम बाह्य पर्यटकलाई निकुञ्जमा जंगल सफारी र पद यात्रा गर्नमा टेवा पुर्याउने बताएका छन् । साथै निकुञ्ज क्षेत्रका जनताको जीवनस्तरमा समेत वृद्धि समेत हुने विश्वास गरेका छन् । पर्यावरणमा समेत फाईदा पुग्ने भएकाले यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्नेमा आशा ब्यक्त गरेका छन् ।

भिडियो 

 

Nabintech