२३ बैशाख २०८१, आईतवार
शमशेरगञ्जमा लागेको गंगामाला देउती बज्यै मेला समापन

  • टाइम्स संवाददाता

  • १२ पुष २०८०, बिहीबार ०९:२१

कोहलपुर:राप्ती सोनारी गाउँपालिका–८ ओवरीस्थित कालीमाटी गंगामाला देउती बज्यै मन्दिर परिसरमा सोमबारदेखि सञ्चालित मंसिर पूर्णिमा मेलाको आज समापन गरिएको छ । लुम्बिनी प्रदेश सांसद दुर्गा चौधरीको प्रमुख आतिथ्यमा मेला समापन गरिएको हो ।

गाउँपालिका अध्यक्ष तप्तप्रसाद पौडेलको सभापतित्वमा सम्पन्न समापन समारोहमा वडाध्यक्ष शालिकराम डाँगीलगायतको उपस्थिति रहेको थियो ।सो अवसरमा विभिन्न कलाकारहरूले आफ्नो प्रस्तुति दिएका थिए । कलाकार अञ्जली अधिकारी, शक्ति चन्द, तेजबहादुर वली, भीम पुजारीलगायतका कलाकारहरूका प्रस्तुतिमा दर्शक श्रोता झुमेका थिए ।

यसअघि उद्घाटन समारोहमा गायिका एलिना चौहानले आफ्नो प्रस्तुति दिएकी थिइन् ।  सो अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरिनुका साथै विद्यालयस्तरीय भलिबल, घैँटो फुटाइलगायतका प्रतियोगिता गरिएको थियो । समापन समारोहमा प्रतियोगिताका विजयीहरूलाई पुरस्कारसमेत वितरण गरिएको छ ।

सोमबारदेखि सुरु भएको मेलाको एक समारोहका बीच गाउँपालिका अध्यक्ष पौडेलले उद्घाटन गरेका थिए । देउतीबज्यै मन्दिरमा पुस ९ गतेदेखि नै बलि दिएर पूजाआजा गरिँदै आएको थियो ।

Nabintech