२२ बैशाख २०८१, शनिबार
कोहलपुर मेयर कप : त्रिभुवनलाई पछ्याउँदै बालविद्या र गोरखा

छात्राछात्रातर्फको भलिबल र कवडी प्रतियोगितामा क्वाटर फाइनलका खेलहरु जारि


  • टाइम्स संवाददाता

  • १२ पुष २०८०, बिहीबार २३:४३

कोहलपुर: कोहलपुरमा मंगलबारदेखि सुरु भएको सातौं अन्तर मावि मेयर कप तथा १६ औं पालिका स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड खेलकुद छनौट प्रतियोगितामा त्रिभुवन नमूना माध्यामिक विद्यालयलाई गोरखा यूनाईटेडले पछ्याउँदै गएको छ । कोहलपुर नगरपालिका–२ स्थित तेह्र विघा खेल मैदानमा सुरु भएको प्रतियोगितामा त्रिभुवन नमूना माध्यामिक विद्यालयलाई गोरखा यूनाईटेडले गोल्ड मेडलको लागि पछ्याउँदै गएको छ ।

यस्तै विहीबारसम्म भएको खेलमा त्रिभुवन माविले मार्सल आर्ट कराते छात्रतर्फ ५२ केजी र छात्रातर्फको ४५ केजी, ८ सय र १५ सयको दौडमा छात्र र छात्रा दुवैमा प्रथम स्थान प्राप्त गरी ६ गोल्ड मेडल जित्न सफल भएको छ ।

गोल्ड मेडलका लागि त्रिभुवनलाई पछ्याउँदै आएको बालविद्या मावि र गोरखा यूनाईटेड पनि भएको खेलमा ४/४ गोल्ड मेडल प्राप्त गरिसकेका छन् ।

जसमा बालविद्या माविले छात्रतर्फको मार्सल आर्ट तेक्वान्दो, छात्रातर्फको हाईजम्प, र एथ्लेटिक्सतर्फको छात्रतर्फ १०० मिटर दौड र १हजार ४०० मिटर दौडमा गोल्ड मेडल प्राप्त  गरेका छन् भने उता गोरखा यूनाईटेडले पनि छात्रातर्फको लङ्गजम्प, १ह४०० मिटर दौड, १०० मिटर दौड, ४०० मिटर दौडमा गोल्ड मेडल प्राप्त गरिसकेका छन् ।यस्तै डाइनामिक माविले पनि ४ गोल्ड मेडल प्राप्त गरेको छ भने कृष्ण माविले २ र ब्राइटलाईट मावि, सरस्वती मावि, वेस्टर्न मावि, सगरमाथा ज्ञानपुञ्ज मावि, रामजानकी मावि, तक्ष्यशिला मावि, दिपज्योति मावि र नेपाल राष्ट्रिय माविले १ गोल्ड मेडल प्राप्त गरेको खेल आयोजक समितिका सदस्य सचिव वीरेन्द्र मल्लले बताए ।यस्तै छात्राछात्रातर्फको भलिबल र कवडी प्रतियोगितामा क्वाटर फाइनलका खेलहरु भइरहेका छन् ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुख्य नाराका साथ सुरु भएको प्रतियोगिता १३ गतेसम्म सञ्चालन हुनेछ ।कोहलपुर नगरपालिकाको आयोजना तथा कोहलपुर नगर खेलकुद विकास समितिको सञ्चालन र व्यवस्थापनमा प्रतियोगिता भएको हो ।

Nabintech