२२ बैशाख २०८१, शनिबार
कोहलपुरमा अन्तर मा.वि. मेयर कप: बालविद्याले मार्यो बाजि

  • टाइम्स संवाददाता

  • १३ पुष २०८०, शुक्रबार २०:२१

कोहलपुर,बाँके:सातौं अन्तर मावि मेयर कप तथा १६ औं पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद छनौट प्रतियोगितामा बालविद्या माध्यामिक विद्यालयले बाजि मारेको छ । बाल विद्या माध्यामिक विद्यालयले ८ स्वर्ण, २ रजत र ६ कास्य प्राप्त गरी अन्तर मावि मेयर कप तथा १६ औं पालिका स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड खेलकुद छनौट प्रतियोगिताको उपाधि उचाल्दै बाजि मारेको हो ।

त्रिभुवन माध्यामिक विद्यालयले ८ स्वर्ण, १ रजत र ३ कास्य प्राप्त गरी द्धितीय भएको छ भने गोरखा यूनाईटेडले ६ स्वर्ण, १ रजत र ५ कास्य प्राप्त गरी तृतिय भएको छ । एथ्लेटिक्सतर्फ छात्र प्रतिक सुनार र छात्रा तुलसा दमाई, भलिबल तर्फ छात्र सन्दिप रावत र छात्रा ग्रेष्णा चिलवाल र कवडीमा छात्र गणेश आले मगर र छात्रा सरिता बुढा उत्कृष्ट खेलाडीका रुपमा मेडल र प्रमाण पत्र प्राप्त गर्न सफल भए ।

कृष्ण माध्यामिक विद्यालयले अनुशासनका रुपमा मेडल र प्रमाण पत्र प्राप्त गर्न सफल भएको भने मार्च पासमा प्रथम वेस्टर्न माविलाई प्रमाण पत्र प्रदान गरिएको छ । कोहलपुर खेलकुद विकास समितिको व्यवस्थापन र सञ्चालनमा भएको उक्त प्रतियोगिताको नगर प्रमुख प्रमुख पूर्ण प्रसाद आचार्यले समापन गरेका छन । समापन समारोहमा बिभिन्न शिक्षा क्षेत्रका ब्यक्तित्व, वडा अध्यक्ष एबं प्रबुद्ध समाजसेवीहरु, प्रशिक्षक एबं बिभिगिय जिम्मेवार ब्यक्तित्वहरुबाट प्रमाण पत्र र मेडल वितरण गरिएको थियो ।

Nabintech