२९ बैशाख २०८१, शनिबार
वासका एसडिएच कार्यक्रम अन्तरगत परियोजना समापन कार्यक्रम भब्य रुपमा सम्पन्न

कोहलपुर नगरपालिकामा ४ वटा खानेपानी उपभोक्ता समिति संचालनमा, ३ वटा निर्माणाधिन अवस्थामा


  • टाइम्स संवाददाता

  • १३ पुष २०८०, शुक्रबार २१:२०

कोहलपुर,बाँके: बर्दिया जिल्लाका केहि पालिका तथा बाँकेको कोहलपुर नगरपालिका र बैजनाथ गाउपालिकामा सञ्चालित दिगो विकास लक्ष्य प्राप्तिकालागि सुरक्षित खानेपानी सरसफाई तथा स्वच्छता परियोजनाको अवधि भरि गरिएका कामको फेरीहिस्त सहित वास एलायन्स संगको साफेदारी संस्था सिमाविले आफनो परियोजनाको अवधि सकिनै लाग्दा कोहलपुरमा एक भब्य समापन कार्यक्रम सम्पन्न गरेको छ ।
कोहलपुर नगरपालिकाका उप प्रमुख संगिता सुबेदीको सभापतित्वमा आयोजित समापन कार्यक्रममा प्रमुख आतिथि लुम्विनी प्रदेश सभा सदस्य सञ्जु कुमारी थारुले ब्यानर पढेर कार्यक्रमको उदघाटन गरेकि थिईन ।

निजि सरकारी तथा समुदायमा रहेर गरिएको परियोजनाले महिनावारी स्वास्थ्य ब्यबस्थापन, लैंङ्गिक समानता र सामाजिक समाबेशि अवधारणा तथा खानेपानी स्वच्छता र सचेतिकरणलाई मुख्य पाटोको रुपमा परियोजनाहरु सञ्चालनमा रहेको भन्दै सिमाविका राष्ट्रिय संयोजक मिङवा शेर्पाले अव यी परियोजनाहरुलाई स्थानिय सरकारले स्वामित्व ग्रहण गर्नुपर्नेमा जोड दिए ।

कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत धोलकराज ढकालले सहभागिहरुलाई स्वागत गर्दै परियोजनाले स्थानिय स्तरमा निति निर्माण तथा योजना तर्जुमामा सहयोग गरेका बताउदै पालिका स्तरिय ऐन नियम निर्माणमा पैरवी एबं संस्थागत सुधारमा योगदान गरेको भन्दै सिमाविप्रति आभार प्रकट गरे । परियोजनाकै उपलब्धिको रुपमा रहेको दिशा जन्य लेदो पदार्थ बिर्सजनकालागि डिपिआर समेत भईसकेको अव उप्रान्त उक्त परियोजनालाई पालिकाले निरन्तरता दिने बताए ।

कार्यक्रममा कोहलपुर नगरपालिकाका बिभिन्न वडाका वडा अध्यक्ष, पालिका सदस्य, समुदायका अगुवा कार्यकर्ता शिक्षक पत्रकार गरि एक सय भन्दा बढि सहभागिता रहेको कार्यक्रममा बाँके बर्दियामा स्वच्छ पानीको पहुँचका लागि लुमन्ति, गेरुवा ग्रामिण जागरण संघ लगाएत संस्थाहरुले गरेको योगदानको खुलेरै प्रशंसा गरिएको थियो ।

बिभिन्न प्रस्तुतिकरणका साथ स्वास्थ्य तथा खानेपानीबारे परिचर्चा गरिएको कार्यक्रममा गेरुवा ग्रामिण जागरण संघका कृष्ण जंग शाह, लुमन्तिका उद्धवराज भट्टराई, बैजनाथ गाउपालिकाका उपाध्यक्ष निर्मला रोकाया लगाएतले मन्तब्य राखेका थिए । कोहलपुर नगरपालिकामा ४ वटा खानेपानी उपभोक्ता समिति संचालनमा रहेका छन भने ३ वटा निर्माणाधिन अवस्थामा रहेका छन । चालु अवस्थामा रहेका ४ वटा खानेपानी उपभोक्ता समितिबाट ६ हजार उपभोक्तालाई स्वच्छ खानेपानी पुर्याईएपनि अझैं धेरै नागरीक दुषित पानी खान बाध्य रहेको छन ।

Nabintech