४ जेष्ठ २०८१, शुक्रबार
ग्लोबल आइएमई बैंकको नेपालगन्जमा प्रभातफेरी

  • टाइम्स संवाददाता

  • १४ पुष २०८०, शनिबार १७:३४

नेपालगन्ज : ग्लोबल आइएमई बैंकको १७ औँ वार्षिक उत्सवको अवसरमा नेपालगन्जमा प्रभातफेरी गरिएको छ । डिजिटल वित्तीय साक्षरताका लागि शनिबार बिहान  प्रभातफेरी गरिएको हो ।

प्रभातफेरीले नेपालगन्ज उपमहानगरको विभिन्न भागको परिक्रमा गरेको थियो । उक्त प्रभातफेरीमा ग्लोबल आइएमई बैंकको  बाँकेमा रहेका विभिन्न ५ वटा शाखाले सहभागिता जनाएको नेपालगन्जको धम्बोझी शाखा प्रबन्धक निर्मलराज बुढाथोकीले जानकारी दिए ।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक रहेकोे उनले बताए । बैंकले ३ सय ५५ शाखा, ३ सय ७९ एटिएम, २ सय ७४ शाखा रहित बैंकिङ्ग सेवा, ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजार १ सय भन्दा बढी सेवा केन्द्रबाट ४५ लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गर्दै आएको बताइएको छ ।

Nabintech