२९ बैशाख २०८१, शनिबार
सल्यानका अधिकांश किसानका बारी सुन्तला पाकेर पहेँलपुर

सल्यान कपुरकोटको तरकारी, डाँगीगाउँको सुन्तला र माल्नेटाको अदुवाले ख्याति


  • टाइम्स संवाददाता

  • १४ पुष २०८०, शनिबार १८:२८

सल्यान: सुन्तलाको नाम लिने बित्तिकै तपाई हामी सबैको मुख रसाउँछ । अहिले सुन्तला खाने सिजन पनि । जाडो मौसममा न्यानो घाममा बसेर सुन्तला खानुको मज्जा नै बेग्लै हुन्छ । परिवार, साथीभाइसँग घाम ताप्दै सुन्तला खाँदा रमाइलो मात्र होइन स्वास्थ्यका लागि पनि निक्कै फाइदाजनक  पनि छ ।

यतिबेला सल्यानका अधिकांश किसानका बारी सुन्तला पाकेर पहेँलपुर बनेका छन् । सुन्तलाका लागि ख्याति कमाएको स्थान हो सल्यानको बागचौर नगरपालिका ८ र ९ वडा (साविक कोटमौला गाविस) ।

कपुरकोटको तरकारी, डाँगीगाउँको सुन्तला र माल्नेटाको अदुवाले ख्याति कमाएका छन् देशभर । सुन्तला डोकामा बोकेर बजार खोज्दै हिँड्नु पर्दैन अहिले । बगैँचामै आइपुग्ने व्यापारीले बजार पुर्‍याइदिन्छन् । आँगनमै हात हातै कारोबार हुने भएकाले किसान व्यावसायिक खेतीमै रमाइरहेका छन् । कोटमौलाका मात्र झन्डै ५ सय बढी किसानले सुन्तला खेती गर्दै आइरहेका छन् । जिल्लाभर किसानले १ हजार ६ सय हेक्टरमा सुन्तला खेती गर्दै आइरहेका छन् । जसबाट प्रत्येक वर्ष २५ करोड रुपैयाँसाथ भित्रिँदै आइरहेको छ ।

Nabintech