२३ बैशाख २०८१, आईतवार
पल शाह आउने भएपछि नेपालगञ्ज महोत्सवमा उर्लियो भिड

५५ लाख बढिको कारोवार भएको महोत्सव आयोजकको दावि


  • टाइम्स संवाददाता

  • १५ पुष २०८०, आईतवार ०६:१३

नेपालगन्ज: अभिनेता पल शाहको आगमनले नेपालगन्ज महोत्सवमा थाम्नै नकिने भिड देखिएको छ । नेपालगन्जमा जारी छैठौं नेपालगन्ज महोत्सवको दशौं दिन महोत्सवमा आउनु भएको अभिनेता शाहको प्रस्तुतीमा थाम्नै नसकिने भिड देखिएको थियो ।
महोत्सबमा अभिनेता शाहलार्ई हेर्न ठुलो संख्यामा दर्शकहरू टिकट काटेर आएका थिए । नेपालगन्ज महोत्सवमा शाह पहिलो पटक आएकोले पनि महोत्सवको उमंग बैग्लै देखिएको थियो ।

महोत्सवमा पल शाहले नमस्ते नेपालगन्ज मात्रै के भन्नु भएको थियो महोत्सव स्थलमा खटिएका सुरक्षाकर्मीले भिड थाम्नै सकेका थिएनन् । महोत्सव आवलोकन गर्न आएका दर्शकहरु शाहको आगमन हुनासाथ जालीलाई चिरेरै शाह नजिकै पुगेका थिए । अभिनेता शाहको भरखरै मात्र सार्वजनिक भएको लोकप्रिय म्युजिक भिडीयो एक दुई तीन चार स्वीकार मेरो नमस्कार बोलको प्रस्तुतीमा महोत्सवका दर्शकहरु रमाई रमाई नाचेका थिए ।

अभिनेता शाहको प्रस्तुतीले नेपालगन्ज महोत्सवका दर्शकहरु अबेर साँझसम्म महोत्सव स्थलमा बसेर शाहको प्रस्तुतीमा रमाई रहेका थिए । दर्शकलाई थामी नसक्नु भिडले केही समय पल शाहको प्रस्तुतीलाई आयोजकले रोक्न बाध्य भएको थियो । पल शाहको प्रस्तुतीलाई हेर्न दर्शकको भिडले बृद्धबृद्धा आमाबुवा तथा बालवालिकालाई सम्हाल्न हम्मे हम्मे परेको थियो । दर्शकको भिडले कयौ बालवालिका हराएको अवस्था रहेको आयोजकले जनाएको छ ।

महोत्सवको दशौं दिन पल शाहसहित चर्चित चर्चित कलाकारहरूको बेजोड प्रस्तुती रहेको थियो । शनिवार महोत्सवमा आएका गायीका बिमता घर्ति मगर, मोडल डान्सर, रेशम नेपकिंग, मोडल डान्सर प्रकाश सोनी, मोडल डान्सर रितु सेरपाली, मोडल मेघन लगायतको बेजोड प्रस्तुतीले महोत्सवका दर्शकलाई भरपुर्ण मनोरञ्जन गराएका थिए ।

आयोजकका अनुसार महोत्सबमा शनिवार अहिलेसम्मकै सबैभन्दा ठूलो भिड लागेको थियो । यस्तै भोली (आईतवार) चर्चित अभिनेता सौगात मल्ल, हाँस्य कलाकार कमलमणि नेपाल, नायक तथा मोडल दुगेश थापा, गायक चन्द्र शर्मा, मोडल तथा डान्सर सन्ध्या शर्मा लगायतका कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजक टिमका संयोजक नन्द बुढाले जानकारी गराउनुभएको छ ।
यस्तै महोत्सवमा हरेक दिन प्रदेश स्तरिय डान्स आइडल प्रतियोगिता, स्थानिय सगरमाथा डान्स ग्रुपको बेजोड प्रस्तुती समेत जारी रहने उहाँले जानकारी गराउनु भएको छ ।

 

Nabintech