२४ बैशाख २०८१, सोमबार
प्राकृतिक बास्तविकता झल्काउने गोरखा युनाईटेडमा किटजन्य जिन बैंकको स्थापना

भमरा, मौरी, अरिंगाल, झिमृ कीटौरी मौरी एबं मौंरी जन्य किटका कारण फुल खेल्ने बालिमा पराग सेचन भई बालि उत्पादन हुने


  • प्रमोद रिजाल

  • १५ पुष २०८०, आईतवार १७:०८

कोहलपुर,बाँके:वरिपरि जंगल, एउटा पहाड आकारको स्तम्भ, कल कल झरनामा बगिरहेको पानी तल माछा गंगटा र भ्यागुता पानाीमा लुकामारी गरिरहँदा माथी लस्करै मौरीका घार र ती घारबाट बेला बेला उडीरहने मौरी र यदा कदा झुल्किने भमराले मानवहरुलाई आर्कषित गरिरहेका थिए ।

कोहि कोहिले अवलोकन गर्दै यो पानीमा अव घट्ट भए साँच्चिकै पहाडि बस्ति र वास्तविक प्राकृतिक सुन्दरता झल्किने भन्दै थिए कोहि मानव जिनको अभिन्न यस्ता अंगहरुलाई मानवले नै भुलेको चर्चा गर्दै थिए । आज आईतवार यस्तै चर्चा र परिचचाका बिच बाँकेको कोहलपुर २ मा रहेको गोरखा युनाईटेड पब्लिक स्कुलको प्रांगणमा किटजन्य जिन बैंकको स्थापना गरिएको छ ।

फर्सि, लौका, भाँटा, तोरी जस्ता बालिहरुमा पराग सेचनमा मुख्य योगदान दिने मौरी तथा मौरीजन्य किटहरुको संरक्षण गर्न पृथ्वीमा अत्यावश्यक भईसकेको सन्दर्भमा गोरखा युनाईटेड स्कुलमा जिन बैंकको स्थापना गरिएको हो ।

जिन बैंक सञ्जाल बाँकेको पहल तथा नार्कको केहि प्राबिधिक सहयोगमा गोरखा युनाईटेड स्कुलमा स्थापना भएको जिन बैंकको एक समारोहका बिच आईतवार कोहलपुर नगरपालिकाका प्रमुख पुर्ण प्रसाद आचार्य र राष्ट्रिय जीन बैक नार्कका बैज्ञानिक डा. मुकुन्द भट्टराईले संयुक्त रुपमा उदघाटन गर्दै किटजन्य बैंकको बिधिवत स्थापना गरेका छन ।

यस अघि बाँकेको कोहलपुरमा रहेको बाल ज्योती सेकेण्डरी स्कुल कोहलपुर, ग्रिन पिस सेकेण्डरी स्कुल कोहलपुर र रारा आधारभुत स्कुल गाभरले घाँसजन्य बैंकको स्थापना गरि सञ्चालनमा ल्याई सकेका छन ।

सामुदायिक जिन बैंक हुनलाई ६ प्रकारका अनुबांशिक श्रोतहरुको संरक्षण गरिएको हुनुपर्ने भन्दै जिन बैंक सञ्जाल बाँकेका सचिव कृष्ण चौधरीले ६ प्रकारका अनुबांशिक श्रोतहरुको संरक्षण गाभर भ्यालिले दुई बर्ष अघि नै स्थापना गरिसकेको जनाएका छन ।

जलिय तथा जलजन्य जिन, घाँसे जिन, अन्नपात जिन,किटजन्य जिन, सुक्ष्मजिव जन्य जिन र पशुपंक्षिजन्य जिनहरु पृथ्वीबाट लोप हुँदै गई वातावरणिय साईकल चर्क नै समाप्त हुने अवस्था आईरहेको सन्दर्भमा अहिले सामुदायिक जिन बैंक सञ्जालले देश भर नै यस्ता जिन बैंकको स्थापना संरक्षण र संर्बद्धन गर्दै आईरहेको सन्दर्भमा गोरखा युनाईटड स्कुलमा किट जन्य बैंकको स्थापना गरिएको हो ।

किटजन्य जिन बैंकको स्थापना गर्दै कोहलपुर नगर प्रमुख पुर्ण प्रसाद आचार्यले मानव जातीकालागि आवश्यक पर्ने पञ्च तत्व प्राप्तिकालागि यी ६ प्रकारका बर्गिकृत जिनहरुको अत्यत्न महत्व भएको उल्लेख गर्दै नगरपालिकाले यस्ता जिन बैंकहरुको स्थापना, सञ्चालन तथा संबद्र्धन तथा संरक्षणमा बिषेश चासो ब्यक्त गर्ने एबं नैतिक संरक्षण राख्ने उल्लेख गरे ।

उनले नगरपालिकाले आवश्यकताका आधारमा यस्ता जिन बैंकहरुको संरक्षणमा के कस्तो सहयोग हुन्छ नगरपालिका गर्न तयार रहेको उल्लेख गर्दै कोहलपुर क्षेत्रका बिद्यालयहरुले जिन बैंकको स्थापना गरि वालवालिकाहरुलाई सिकाईको स्तरमा समेत बैज्ञानिकिकरण गरेको भन्दै प्रशंसा समेत गरे ।

जिन बैंक स्थापना कार्यक्रममा राष्ट्रिय जीन बैक नार्कका बैज्ञानिक  एबं कार्यक्रममा बिशिष्ट अतिथी डा. मुकुन्द भट्टराईले मानवको अन्तिम अवस्थामा भेण्टिलेटरमा अक्सिजन दिनेबेला सम्म किट जन्य आनुबंशिकहरुको योगदान रहने भन्दै यस्ता आनुबंशिक बैंकहरुको स्थापना र संरक्षण गरिनुपर्नेमा जोड दिए । उनले यस्ता जिन बैंकको स्थापना पश्चिात पनि प्राबिधिक तथा बैज्ञानिक सहयोग नार्कको रहने भन्दै हरेक क्षेत्रमा अव यस्ता अनुबंशको संरक्षण अपरिहार्य भएको चर्चा गरे ।

सामुदायिक जिन बैंक सञ्जाल बाँकेको अध्यक्ष प्रमुल बस्नेतले अक्सिजन उत्पादनमा मुख्य भुमिका राख्ने किट जन्य जिन बैंकबारे परिचर्चा गर्दै भमरा, मौरी, अरिंगाल, झिमृ कीटौरी मौरी एबं मौंरी जन्य किटका कारण फुल खेल्ने बालिमा पराग सेचन भई बालि उत्पादन हुने भन्दै लोप हुने अवस्थाले समेत फसल उत्पादनमा असर परिरहेको चर्चा गरे । कोहलपुरलाई आफुले किट जन्य बैंकको नमुना पालिका भएको हेर्न चाहेको भन्दै स्थानिय सरकारको ध्यानाकर्षण गराएका थिए ।

गोरखा युनाईटेड पब्लिक स्कुलका संस्थापक एबं सञ्चालक केशर बहादुर आलेको सभापतित्वमा आयोजित कार्यक्रममा र्नाकका बैज्ञानिकहरु, गोरखा पोलि क्लिनिकका प्राध्यापक,कोहलपुर २ का वडा अध्यक्ष हरि सिंह कठायत,ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख सुन्दर तिवारी, सामुदायिक जिन बैंक सञ्जालका सल्लाहकार पुर्ण चन्द्र उपाध्याय, सामुदायिक जिन बैंक सञ्जाल बाँकेको सचिव कृष्ण चौधरी, नेपाल पत्रकार महासंघ बाँकेका कार्यबहाक अध्यक्ष संगिन शर्मा बिद्यालयमा कृषि बिज्ञान संकायमा अध्यनरत विद्यार्थी, शिक्षक लगायत पत्रकारहरुको उपस्थितीमा सो जिन बैंकको स्थापना गरिएको गोरखा युनाईटेड पब्लिक स्कुलका संस्थापक तथा सञ्चालक अध्यक्ष केशर बहादुर आले मगरले कोहलपुर टाईम्सलाई बताए ।

 

Nabintech