४ जेष्ठ २०८१, शुक्रबार
फरक पार्टिका सदस्य भएपनि राष्ट्रिय ईस्युलाई साझा रुपमा लिईने

मध्यवर्ति क्षेत्रका बसोवासीहरुको वर्तमान अवस्था बुझि उनीहरुको अधिकार सुनिश्चितताका लागि प्रतिवेदन सहित सरकारलाई शशक्त दवाफ सिर्जना गर्ने


  • टाइम्स संवाददाता

  • १९ पुष २०८०, बिहीबार ११:५५

कोहलपुर,बाँके: कृषि सहकारी तथा प्राकृतिक श्रोत समितीका सदस्यहरुले आफुहरु फरक पार्टिबाट प्रतिनिधित्व गरेको भएपनि राष्ट्रिय ईस्युलाई साझा ईस्युका रुपमा लिंदै नेपाली नागरिकहरुको आधारभुत अधिकारका निम्ति सरकारलाई दवाफ सिर्जना गर्दै आएको बताएका छन । प्रेस चौतारी कोहलपुर नगर कमिटीले आयोजना गरेको पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै कृषि सहकारी तथा प्राकृतिक श्रोत समितीका ५ जना संघिय माननियहरुले उक्त कुरा बताएका हुन ।

कार्यक्रममा बोल्दै पुर्व संघिय भौतिक पुर्वाधार मन्त्रि तथा समितीका सदस्य वीर वहादुर वलायरले विपन्न, सुकुम्वासी, अब्यबस्थित बसोवासी, मध्यवर्ति क्षेत्रका बसोवासीहरुको वर्तमान अवस्था बुझि उनीहरुको अधिकार सुनिश्चितताका लागि प्रतिवेदन सहित सरकारलाई शशक्त दवाफ सिर्जना गर्ने उद्धेश्यले समितीले बाँके बर्दियाका बफरजोन, निकुञ्ज तथा मध्यवर्ति क्षेत्रको अध्यन गरिरहेको बताएका छन । उनले यस क्षेत्रमा वसोवास गर्नेहरुको अधिकार जल जंगल जमिनको अधिकार सुनिश्चित गर्न ऐन कानुन संसोधन गरिनुपर्ने भन्दै अध्यादेश मार्फत भएपनि मागहरु सम्बोधनका लागि समितीले सरकारलाई घचघचाई रहेको उल्लेख गरे ।

बाँके राष्ट्रिय निकुञ्जमा शुरुवाती दिनमा ५ वटा बाघ रहेकोमा अहिले २५ वटा रहेको भन्ने आफुले पाएको भन्दै समितीका सदस्य वलायरले क्षेत्रफल कम तर जनावर बढि हुँदा मानव बन्य जन्तुको द्धन्द्ध बढदै जाने भएकाले तत्काल समस्या समाधान तर्फ सरकारको ध्यानाकर्षण गराउने समेत उल्लेख गरे ।
विपन्न, सुकुम्वासी, अब्यबस्थित बसोवासी, मध्यवर्ति क्षेत्रका बसोवासीहरुको स्वास्थ्य, शिक्षा, खानेपानी तथाजल जंगल जमिनको उपभोग शुनिश्चितता राज्यले गर्नै पर्ने भन्दै वलायरले बाँकेमा भुमि आयोगका अध्यक्ष र कार्यालय प्रमुख विहिन रहेको आफुले सुचना पाएकाले सर्व प्रथम सरकारलाई सो निकायमा नियुत्तिका लागि आज नै जानकारी दिंदै दवाफ दिने वताए ।

कार्यक्रममा बाँके क्षेत्र नं. १ का संघिय माननिय सांसद तथा कृषि सहकारी तथा प्राकृतिक श्रोत समितीक सदस्य सुर्य प्रसाद ढकालले देशको अर्थतन्त्र गतिशिल हुन नसकेको, निजि क्षेत्रमा निराशा छाएको राष्ट्रिय स्वतन्त्रता खस्किदै गएको र सामाजिक सदभाव खलवलिने हो कि भन्ने चिन्ता अहिले राष्ट्र मै रहेको भन्दै नेपालीहरुको तमाम निराशालाई आशामा बदल्न राज्यको यो समितीले निकै मेहनत गरिरहेको चर्चा गरे । सल्यान घुईयावारि, मध्यवर्ती क्षेत्रका वसोवासिहरुको बारे पत्रकारहरुको प्रश्नमा सांसद ढकालले आफनो कार्यकाल भरिमा कोहलपुर घुईयावारी सडक बनेरै छोडने उल्लेख गर्दै मध्यवर्ती क्षेत्रका मानवलाई बन्य जन्तुको आक्रमणबाट मृत्यु भए क्षेतिपुर्ति पुरानो २५ हजार मात्र पाउने ब्यबस्थालाई परिमार्जन गरि साढे दश लाख पाउने ब्यबस्था गराउन समिती सफल भएको जिकिर गरे ।

कुसुम देखि बाँकेको चिसापानी सम्म सडक छेउमा तारजालिका कामको समेत शुरुवात भई सकेको भन्दै यो काम समेत आफनो कार्यकालको अबधिमा पुरा गरि छाडनेमा जोड दिए । अव पहिले जस्तो छैन तपाईको घर आगनमा आएर बदेलले तपाईहरुको बालि नश्ट गरिरहेको छ भने मारेर खान सक्नुहुन्छ भन्दै निकुञ्ज, बन भित्र गएर मार्न पाईएन तर किसानको स्वामित्वमा रहेको जमिनमा आए मारेर खान कानुनले समेत छुट दिएको औंल्याए ।

”समृद्धिका लागि सञ्चार, प्रेस चौतारीको मुल मर्म” भन्ने मुल सन्देशका साथ आयोजित पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा कृषि सहकारी तथा प्राकृतिक श्रोत समितीका सदस्यहरु सरस्वती सुब्बा, रुपा चौधरी र विनिता कठायतले समेत जलवायु परिवर्तन एक जटिल मुद्धा भएको बफरजोनका किसानका मुद्धा एकातिर, वन वातावरणका मुद्धा एकातिर भएकाले पनि समस्या समाधान हुन कठिन भएकोमा जोड दिंदै सरकारको ध्यानाकर्षण गर्न समिती प्रतिबद्ध भएको कुरामा जोड दिएका थिए ।

प्रेस चौतारी कोहलपुर नगर कमिटी अध्यक्ष प्रमोद रिजालको अध्यक्षतामा आयोजित पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेश सदस्य  सरला सुबेदीनेपाल पत्रकार महासंघ बाँकेका कार्यबहाक अध्यक्ष संगिन शर्मा, प्रेस चौतारी नेपाल केन्द्रिय अनुशासन आयोगका सदस्य बिष्णु वेल्वासे, प्रेस सेन्टर कोहलपुर नगर समिती अध्यक्ष पुष्पराज हमाल, समाजवादि प्रेस सङगठनका कुशल दलामी, प्रेस युनियनका जिल्ला सदस्य मार्सलराज सञ्ज्याल, नेपाली काङग्रेसका बाँके जिल्ला उप सभापति कृष्ण कार्की, कोहलपुर नगरपालिका वडा नं. १२ का अध्यक्ष वीरेन्द्र कुमार शाह लगाएत बिभिन्न पत्रकार संघ संगठनका प्रतिनिधिहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको कार्यक्रमका सञ्चालक एबं प्रेस चौतारी नेपाल नगर कमिटि कोहलपुरका सचिव रवि रोकायले कोहलपुर टाईम्सलाई बताए ।

 

Nabintech