४ जेष्ठ २०८१, शुक्रबार
बाँकेको मुगुवा खोला नजिकै बस र ट्रक एकआपसमा ठोकिदा १४ जना घाइते

  • टाइम्स संवाददाता

  • १९ पुष २०८०, बिहीबार १२:२०

राप्तिसोनारी,बाँके:  बाँकेको पूर्व पश्चिम राजमार्गमा बस र ट्रक एकआपसमा ठोकिदा १४ जना घाइते भएका छन् । राप्तिसोनारी गाउँपालिका दुई मुगुवा खोला नजिकै बझाङबाट काठमाडौँ तर्फ जाँदै गरेको सु.प.प्र. ०१ ००१ ख ३४१४ नं. को यात्रु बाहक बस र पूर्वबाट पश्चिमतर्फ आइरहेको ना ५ ख ७४०८ नं. को ट्रक एक आपसमा ठोकिएको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख गोपीकृष्ण सुबेदीले जानकारी दिनुभयाे ।

गएराती १ बजे बस र ट्रक एकआपसमा ठोकिँदा १४ जना घाइते भएका हुन् । घाइते भएकाहरू मध्यहरू मध्ये १२ जनाको अवस्था सामान्य रहेको छ भने २ जनाको अवस्था गम्भीर रहेको सुबेदीले जानकारी दिनुभयो। घाइते सबैको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ। उहाँका अनुसार घाइते हुनेहरूमा ८ जना पुरुष रहेका छन् भने ६ जना महिला रहेका छन् । बस तीव्र गतिमा रहेको हुनाले चालकले नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको सुबेदीको भनाई छ ।

Nabintech