४ जेष्ठ २०८१, शुक्रबार
कोहलपुर १५ चौधरीयाका थारू पक्राउ

  • टाइम्स संवाददाता

  • १९ पुष २०८०, बिहीबार १३:०५

 कोहलपुर ,बाँके:  कोहलपुर नगरपालिका-१५ चौधरीयाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय २० मिलिग्रामसहित सोही ठाउँ बस्ने २६ वर्षीय राम कुमार थारूलाई प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी चौकी हवल्दारपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी बाँके, खजुरा गाउँपालिका-६ सिमलघारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने २२ वर्षीय बिनोद शाहीलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सो सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Nabintech