१६ बैशाख २०८१, आईतवार
जेष्ठ नागरिकहरुका निम्ति कोहलपुर ११ मा स्वास्थ्य शिविर, ३९९ जनाले लिए सेवा

जेष्ठ नागरिक दिवा सेवा केन्द्र बयोबृद्धहरुका लागि कोशे ढुङ्गा सावित


  • प्रमोद रिजाल

  • २१ पुष २०८०, शनिबार १८:३८

कोहलपुर,बाँके: बाँकेको कोहलपुरमा बयोबृद्धहरुको सुखदुख बिसाउने चौतारी छ प्रबुद्ध नागरिक दिवा सेवा केन्द्र जहाँ हरेक शनिवार कोहलपुर क्षेत्रका बयोबृद्ध तथा जेष्ठ नागरिकहरु भजन, गित संगितमा रमाउछन, आफना जिवनका कथा साटासाट गर्छन र फुकाल्छन आफना घरमा हुने अनुभवका तिता अनुभवहरु । सदा झैं जेष्ठ नागरिकहरु भेला भएर सामुहिक भोजन गर्दै भजन चुटकामा रमाउने बयोबृद्धहरु शनिबार भने आफनो स्वास्थ्य सेवा लिन लामबद्ध भएका थिए ।

हरेक शनिवार रमाउने गाउने र अनुभव साटासाट गर्ने जेष्ठ नागरिकहरुलाई उनीहरु नै भेला हुने दिवा सेवा केन्द्रमा स्वास्थ्य चेक जाँच गर्ने अवसर नगर स्वास्थ्य शाखाको ससमन्वयमा कोहलपुर नगरपालिका वडा नं. ११ ले मिलाईदिएपछि बयोबृद्धहरु आफनो स्वास्थ्य अवस्था जाँच्न हौसिएका थिए ।

कोहि मेरो नाम लेखिदिनोस नानी भन्दै थिए त कोहि मेरो रिर्पोट आयो कि आएन भन्दै स्वास्थ्यकर्मि संग प्रश्न गर्थे । कति त ओखती कसरी खाने भन्दै स्वास्थ्यकर्मिहरुलाई दोहरयाई दोहरयाई प्रश्न गर्दै थिए भने कतिले झुक्केर दोवारा नाम लेखाउन प्रबेश स्थानमा आईपुग्थे ।
स्वास्थ्यकर्मिहरु बयोबृद्धहरुले आफनो स्वास्थ्य सम्बन्धि देखाएको चासो देखेर चेक जाँच र ल्याव टेष्ट गर्न हौसिएका देखिन्थे ।

आज शनिवार कोहलपुर नगरपालिका वडा नं. ११ ले जेष्ठ नागरिकहरु भेला हुने अवसर छोडेर बिदाको दिनमा समेत जेष्ठ नागरिक स्वास्थ्य शिविर नाम दिएर जेष्ठ नागरिकहरुको स्वास्थ्य अवस्थाबारे परिक्षण गर्ने काम सम्पन्न गरेको छ ।

जेष्ठ नागरिकहरुको रगतमा युरिक एसिड, मधुमेह, रगतमा हुने हेमोग्लोविनको मात्रा, तथा सिविसि अन्तरगत पर्ने ९ प्रकारका ल्याव सम्बन्धि निशुल्क परिक्षण गर्दै ११ नं.वडाले शिविरमै रिर्पोट दिने र डाक्टरहरुसंग परामर्श गर्ने अवसर जुराईदिएको थियो । चिकित्सकसंगको परामर्श पश्चात रोगको अवस्था बमोजिम शिविरमै जेष्ठ नागरिकहरुलाई औषधि वितरण गरिएको वडा सदस्य सुधन ढकालले कोहलपुर टाईम्सलाई बताए ।

सो शिविरमा ३ सय ९९ जनाले आफनो स्वास्थ्य परिक्षण गराएका छन भने ५९ जनाले आफनो रक्त परिक्षण गरेको नगर अस्पताल ल्याव ईन्चार्ज दिपक शर्माले जनाएका छन ।

सामान्यतया रक्तचाप, पल्सरेट, स्वासप्रश्वासको अवस्था, मुटुको चाल जस्ता मेडिकल जन्य परिक्षण गर्दै शिविरमा आएका स्वास्थ्यकर्मिले अस्पताल पुग्दा दिईने समपुर्ण सेवाहरु जेष्ठ नागरिक दिवा सेवा केन्द्रमै उपलब्ध गराईएको कोहलपुर नगरपालिका वडा नं. ११ का अध्यक्ष कल्पना शर्मा अधिकारीले जानकारी दिएकी छिन ।

यस अघि कार्यपालिका सदस्य रहँदा अधिकारीकै पहलमा बनेको जेष्ठ नागरिक दिवा सेवा केन्द्र अहिले बयोबृद्धहरुका लागि कोशे ढुङ्गा सावित भएको प्रबुद्ध जेष्ठ नागरिक दिवा सेवा केन्द्रका अभियान्ता हरि पौडेलको दावि रहेको छ ।

शिविरबारे छोटो प्रतिक्रिया दिंदै वडा अध्यक्ष कल्पना शर्माले जेष्ठ नागरिकहरुलाई स्वास्थ्य जस्तो संबेदनशिल बिषयमा सेवा दिन पाएकोमा आफुलाई गर्व महशुस भएको उल्लेख गर्दै सेवा भावका कार्यक्रमहरुमा वडाले आफनो वडामा निरन्तर दिने समेत वताएकी छिन ।वडावासिहरुका आधारभुत आबश्यकता प्रति आफु सचेत रहेको भन्दै वडा अध्यक्ष शर्माले ब्यापार ब्यवसायका पिडा , विकास निर्माण तथा शिक्षा खेलकुदमा समेत आफनो सदैब चासो रहीरहेको उल्लेख गरिन ।

 

 

Nabintech