२२ बैशाख २०८१, शनिबार
कार्यसमिति निर्णयविरुद्ध ‘नोट अफ डिसेन्ट’ दर्ता

  • टाइम्स संवाददाता

  • २२ पुष २०८०, आईतवार १९:३५

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमिति बैठकले गत पुष २ गते गरेको निर्णयविरुद्ध असन्तुष्टि जनाउँदै ‘नोट अफ डिसेन्ट’ दर्ता भएको छ ।  एन्फका ९ सदस्यले एन्फाको कार्यसमिति बैठकले गरेको निर्णय विरुद्ध आइतबार ‘नोट अफ डिसेन्ट’ दर्ता गराएका हुन् ।

यसअघि ९ सदस्यले एन्फाको सीईओ नियुत्त लगायत विषयमा असहमति जनाउँदै पत्रकार सम्मेलनको आयोजना पनि गरेका थिए । कार्यसमितिको निर्णयविरुद्ध वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्षद्वय विराटजंग शाही र दीर्घबहादुर केसी तथा सदस्यहरु रविन्द्र चन्द, रमेश ब्यञ्जनकार, रुपेश अधिकारी, भोजराज शाही, अनिल मल्ल र पेमा डोल्मा लामाले ‘नोट अफ डिसेन्ट’ दर्ता गराएका हुन् ।

Nabintech