२९ बैशाख २०८१, शनिबार
बाँकेमा विहानैदेखि शितलहर,शितलहरले लिन सक्छ ज्यान

न्यानो कपडा लगाउन र तातो झोल पदार्थको बढि प्रयोग गर्न चिकित्सकहरुको आग्रह


  • प्रमोद रिजाल /विकल भट्टराई

  • २५ पुष २०८०, बुधबार १०:५६

कोहलपुर, बाँके : बाँके जिल्लाका प्राय सबै स्थानहरुमा आज बुधवार विहानैदेखि शितलहर चलेको छ । आकाशलाई बिहानैबाट कुहिरोले ढाकेको छ भने घाम लाग्न नसकि आकाशबाट अत्यन्त चिसो शीत खश्न थालेपछि बाँकेमा शितलहर चल्न शुरु गरेको हो । यसरी चिसो बतास हावा चल्ने थालेपछि बाँकेको जनजिवन प्रभावित भएको छ । बाँकेमा आजदेखि चलेको शितलहर एक हप्ता भन्दा बढि रहन सक्ने भन्दै मौसमविदहरुले सचेत रहन आग्रह गरेका छन भने चिकित्सकहरुले न्यानो कपडा लगाउन तथा ताते झोल पदार्थ बेशि सेवन गर्न आग्रह गरेका छन । बिहानदेखि बेलुकीसम्म हप्तौं वायुमण्डलको तल्लो सतहलाई बाक्लो हुस्सुले ढाक्नाले घाम नलाग्ने हुँदा तापक्रम ह्वात्तै तल झर्ने भन्दै बाँके प्रशासनले नेपालगञ्जका बिभिन्न ठाउहरुमा डिभिजन वन कार्यालयको समन्यमा दाउराको प्रयोगबाट सामुहिक ताप्न मिल्ने गरि धुनिको ब्यबस्था गरेको छ ।

मंगलवार मात्र नेपालगञ्जमा नेपाली सेनाको सहयोगमा उपमहानगरका बिभिन्न स्थानमा सामुहीक आगो ताप्न मिल्ने गरि दाउरा बाल्ने ब्यबस्था मिलाएको छ । नेपालगञ्जमा सामुहिक धुनिको ब्यबस्था भएपनि जिल्लाको दोस्रो नगर कोहलपुरमा भने दाउरा वितरण गर्ने कार्य भएको छैन । नगर प्रहरी प्रमुख विर वहादुर थापाले भने शतलहर अलि बढदै गए केहि दिनमा दाउरा बाँडने बताएका छन । कोहलपुर बजार क्षेत्रका स्थानिय नागरिकहरुले भने नगरले दाउरा बाँडे हुने भन्ने खालका आशय ब्यक्त गर्न थालेका छन ।

यसैगरि खजुरामा पनि आज विहानैदेखि शितलहर चलेको सञ्चारकर्मि सुनिल शर्माले बताएका छन । शितलहरबाट बच्न खजुरा गाउँपालिकाले पनि नागरिकहरु भेला हुने स्थानमा दाउरा वितरण गर्ने कार्य अझै गरेको छैन । नरैनापुरमा समेत आज शितलहरले विहानैदेखि जनजिवन प्रभावित भएको पत्रकार विनय दिक्षितले कोहलपुर टाईम्सलाई वताएका छन । उनले पालिकाका वासिन्दालाई सामुहिक आगो ताप्ने ब्यबस्थाकालागि पालिका समक्ष अनुरोध गरेका छन । जिल्लाका अन्य पालिकाहरुमा पनि आज शितलहरको कहरले छोडेको छैन । जिल्लाका राप्ति सोनारी, डुडुवा, बैजनाथ, जानकीमा समेत आजविहानैदेशि शितबर्षा हुदा जनजिवन कष्टकर बन्दै गएको बताईएको छ ।

बाँकेमा शितलहर चलेसंगै दैनिक काममा जाने तथा अन्य सरकारी अड्डा अदालतको काममा जाने नागरिकहरुको भिड कम हुदै गएको छ भने सडकमा समेत सर्वसाधारणहरुको चहलपहल कम हुदै गएको छ । सर्वसाधारणहरुको चहलपहलमा कमि भएसंगै कोहलपुर लगाएत जिल्लामै ब्यापार ब्यबसाय ठप्प प्राय भएका छन ।
कोहलपुर ब्यापारी भरत शर्माका अनुसार यो सिजन प्याज तथा अन्य तरकारी खेती गर्ने सिजन भएपनि किसानहरु बाहिर आउन नसक्दा मल विउ विजन बिक्रि ठप्प रहेको बताएका छन । नगर बसहरु समेत हिज अस्तिका तुलनामा कम मात्रामा चलेको भेरी बागेश्वरीका कर्मचारी विकास रानाले कोहलपुर टाईम्सलाई बताएका छन ।

शितलहरले ज्यान नै लिन सक्ने बिज्ञहरुले चेतावनी दिएका छन । ३० डिग्री सेन्टिग्रेट भन्दा कम तापक्रम भयो भने स्वस्थ मानिसलाई पनि गाह्रो पर्ने डा देवेन्द्र आचार्यले कोहलपुर टाईम्सलाई जानकारी दिए । ‘थोरै तापक्रममा जति धेरै बेर मानिस रहन्छ उसलाई समस्या पनि त्यत्तिकै बढ्दै जान्छ,’ आचार्यले भने, ‘तापक्रम कम भएपछि श्वास फेर्न गाह्रो हुन्छ। रक्तसञ्चारमा समस्या हुन्छ। अनि मुटुले समेत काम गर्न छोड्छ।’र मानिसको मृत्यु हुन्छ आचार्य थप्छन । बालबालिका,बुढाबुढी र दीर्घरोगीहरुलाई मात्रै होइन शरीरको तापक्रम कम भयो भने जाडोका कारणले सामान्य मानिसको समेत मृत्यु हुन्छ। फोक्सोको समस्या भएकाहरुलाई चिसोको कारणले फोक्सोको संक्रमण बढ्दै गएर मानिसको मृत्यु हुने उनले बताए। दिउँसो पनि तात्न नपाएको शरिर राति बाक्लो ओढ्ने नभएपछि झन चिसो हुन्छ। त्यही भएर कतिपयको राति सुतेकै बेला ज्यान जाने गरेको डाक्टर आचार्यको भनाई छ ।

कौशिल्या अस्पतालका कार्यकारी निर्देशक राम प्रसाद न्यौपानेका अनुसार चिसोले तराई मधेसमा धेरैको ज्यान जानुका पछाडि गरिबीसँगै चेतनाको कमी पनि भएको बताउँछन्।उनले चिसो मौसममा रुघाजन्य फल्युहरुको संक्रमण अधिक हुने भएकाले विना काम घर बाहरि ननिसकन या निस्कनै परे न्यानो कपडा लगाएर निस्किन आग्रह गरेका छन । शितलहरको बेला जति सक्दो ताते तरल पदार्थ सेवनमा ध्यान दिनुपर्ने भन्दै कार्यकारी निर्देशक न्यौपानेले ‘बालबालिका बुढाबुढी र दिर्घरोगीको बढी ख्याल गर्नुपर्नेमा जोड दिएका छन ।

Nabintech