२२ बैशाख २०८१, शनिबार
नेपालगन्जमा राष्ट्रिय स्तरको व्याडमिन्टन प्रतियोगिता हुँदै

३ दिन सम्म संचालन हुने व्याडमिन्टन प्रतियोगिता नेपालगन्जमा रहेको रंगशालाको कभर्ड हलमा हुने


  • टाइम्स संवाददाता

  • २५ पुष २०८०, बुधबार १८:५४

नेपालगन्ज : बाँकेको नेपालगन्जमा प्रथम नेपालगन्ज कप राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता २०८० आयोजना हुने भएको छ । व्याडमिन्टन संघ बाँकेको आयोजनामा यही माघ ११ गतेदेखि १३ गतेसम्म प्रथम नेपालगन्ज कप राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता २०८० आयोजना हुने भएको हो । नेपालगन्जमा खुल्ला तथा पुरुष एकल, पुरुष डबल, पुरुष डबल बि लेभल, महिला एकल, भेट्ररान्स ४५ प्लस ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको आयोजकले बुधवार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।

नेपालगन्जमा झन्डै २३ बर्ष पछि राष्ट्रिय स्तरमा संचालन हुन लागेको व्याडमिन्टन प्रतियोगितामा १ सय ५० जना बढी खेलाडीहरुको सहभागीता रहने व्याडमिन्टन संघ बाँकेका अध्यक्ष संजय थापाले जानकारी गराउनुभएको छ । उहाँका अनुसार खेल प्रेमी तथा अभिभावकहरुमा खेल प्रति रुचि र आर्कषण बढाउन व्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको हो ।

उहाँले मनोरञ्जनको साधन मानिसको हात हातमा पुगेकोले खेल प्रतिको आर्कषण घट्दै गएको बताउंदै खेलले मानिसलाई शाररिक तथा मानषिक रुपमा स्वस्थ बनाउने भएकोले खेलप्रती रुचि बढाउन अवश्यक रहेको बताउनुभयो । पाँचवटा बिधामा राखिएको व्याडमिन्टन प्रतियोगिताको खुल्ला पुरुष एकल र पुरुष डबलतर्फ प्रथम पुरस्कार रु ५० हजार, द्वितीय पुरस्कार रु २५ हजार, तृतीय पुरस्कार रु १५ हजार, सान्त्वना पुरस्कार रु १५ हजार रहेको छ ।

महिला एकल तर्फ प्रथम पुरस्कार रु ४० हजार, द्वितीय पुरस्कार रु २० हजार, तृतीय पुरस्कार रु १० हजार, सान्त्वना पुरस्कार रु १० हजार रहेको छ । यस्तै बि लेभल पुरुष डबल र भेन्ट्ररान्स ४५ प्लसतर्फ प्रथम पुरस्कार रु ३० हजार, द्वितीय पुरस्कार रु २० हजार, तृतीय पुरस्कार रु १० हजार, सान्त्वना पुरस्कार रु १० हजार रहेको आयोजकले जनाएको छ । ३ दिन सम्म संचालन हुने व्याडमिन्टन प्रतियोगिता नेपालगन्जमा रहेको रंगशालाको कभर्ड हलमा हुने आयोजकले जानकारी गराएको छ ।

Nabintech