२९ बैशाख २०८१, शनिबार
क्रिकेटर लामिछानेलाई ८ वर्ष कैद सजाय तोकियो

  • टाइम्स संवाददाता

  • २५ पुष २०८०, बुधबार १९:०२

काठमाडौं: क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय तोकिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले क्रिकेटर लामिछानेलाई आज सजाय तोकेको हो ।

यसअघि ७ देखि १० वर्षसम्म कैद सजाय हुने दफालाई टेकेर लामिछानेलाई दोषी ठहर गरिएको थियो। जाहेरवालापक्षले अधिकतम र सन्दीपका वकिलले न्यूनतम सजाय माग गर्दै आज इजलासमा बहस गरेका थिए ।

Nabintech