२९ बैशाख २०८१, शनिबार
तराईमा हुस्सु र कुहिरो, तीन प्रदेशको मौसम बदली

  • टाइम्स संवाददाता

  • २६ पुष २०८०, बिहीबार ०७:१८

काठमाडौँ:यतिबेला (बिहीबार बिहान)  नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणाली क्रियाशील नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज नेपालबाट पश्चिमी वायुको आंशिक प्रभाव हटेको छ। बुधबार नेपालमा पश्चिमी बायुको आंशिक प्रभाव थियो।
अहिले कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने तराईका अधिकांश भूभागलाई हुस्सु र कुहिरोले ढाकेको छ। बिहीबार दिउँसाे पनि कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदलीकै अवस्था रहने भने बाँकी भूभागकाे मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

आज राति पनि कोशी र बागमती प्रदेशको पहाडी भूभागमा आंशिक बदलीकै अवस्था रहनेछ। बाँकी भूभागमा भने मौसम सामान्यतया सफा रहने छ।  त्यसैगरी शनिबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने छ भने राति सुदुरपश्चिम र प्रदेशको पहाडी भूभागमा आंशिक बदली हुनेछ।

Nabintech