३० बैशाख २०८१, आईतवार
बर्दियामा आगोले जली घाइते महिलाको मृत्यु

  • टाइम्स संवाददाता

  • २६ पुष २०८०, बिहीबार ११:२७

बर्दिया:  कोठामा राखिएको आगोले जली घाइते महिलाको मृत्यु भएको छ । बुधवार घाइते हुनुभएकी बर्दिया राजापुर नगरपालिका ५ झप्टी की ७५ वर्षीया  सोहनी थारुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चिसोबाट बच्नका लागि आगो बालेको बेला ओढेको ब्लाङ्केटमा आगो लाग्दा उहाँ घाइते हुनुभएको थियो । उपचारका लागि बर्दिया अस्पतालमा भर्ना गरिए पनि उहाँको आज बिहान मृत्यु भएको बर्दिया प्रहरीले जनाएको छ । । घटनाको थप अनुसन्धान भइरहेको जनाइएको छ ।

Nabintech