२९ बैशाख २०८१, शनिबार
कोहलपुर नगर प्रमुख र उपप्रमुख बीचको विवाद १४ औं नगर सभामा छताछुल्ल

अझै पनि महिलालाई दास बनाउन सकिन्छ भन्ने मनाशय नगर प्रमुखमा देखियो यो मेरो हकमा स्विटेवल छैन


  • टाइम्स संवाददाता

  • २७ पुष २०८०, शुक्रबार ०३:०९

कोहलपुर,बाँके: कोहलपुर नगरपालिकाका नगर प्रमुख र उप प्रमुखबिचको विवाद नगरको १४ औं अधिबेशनमा आएर छताछुल्ल भएको छ । कोहलपुर नगरपालिकाका उपप्रमुख संगिता सुवेदीले उपप्रमुख जस्तो गरिमामय पदमा बसिरहँदा स्वाभिमान गुमेको जस्तो महसुस भइरहेको बताएकी छन् । उनले भनिन्, ‘लोकप्रिय मत ल्याएर जितेपनि पटक–पटक आफ्नो स्वाभिमान गुमेको जस्तो महसुस भयो ।’

आफुलाई नगरपालिकाबाट सञ्चालन हुने योजनामा सहभागिता नगराइएको भन्दै उपप्रमुख सुवेदीले आक्रोश समेत पोखेकी छन् । स्थानीय सरकार कार्यसञ्चालन ऐन २०७४ ले प्रमुखलाई जत्तिकै अधिकार उप प्रमुखलाई पनि दिएको छ ।

स्थानीय सरकारको कानुनले उपप्रमुखलाई महत्वपूर्ण जिम्मेवारी दिइरहेका बेला उप प्रमुख सुवेदीले भने आफुलाई नगरका योजनामा सहभागिता नगराइएको र समन्वय तथा सहकार्य नगरिएको भनि गम्भिर खुलासा गरेकी हुन् । कोहलपुर जस्तो नगरपालिकाको १४ औं नगर सभामै बोल्ने क्रममा उप प्रमुख सुवेदीले यस्तो अभिव्यक्ति दिएपछि सभाका सदस्यहरु नै आश्चर्य चकित परेका थिए ।

कतिपय स्थानीय तहमा राजनीति प्रतिशोधका कारण प्रमुख र उप प्रमुख बीच सम्बन्ध चिसीएको देखिन्छ । कतिपय स्थानीय तहमा फरक पार्टीका भएपनि विवाद बाहिर आइपुगेको हुँदैन । तर, कोहलपुरमा भने एउटै पार्टी काँग्रेसबाट जितेका प्रमुख र उपप्रमुख बीचको विवाद अहिले नगर सभासम्म आएर छताछुल्ल हुदा बिपक्ष दलका सभा सदस्य झनै आश्चर्यमा परेका छन ।

‘मैले यो सभामा विवरण पेश गर्दैै गर्दा नगर उपप्रमुखलाई नगरबाट हुने सम्पूर्ण योजनामा सहभागिता गराउनुपर्छ कि पर्दैन ?  उपप्रमुखसंँग समन्वय र सहकार्य गर्नुपर्छ कि पर्दैन ?  म यो उत्तर खोज्न चाहन्छु, आदरणीय नगर प्रमुख ज्युँसँग,’ उनले भनिन् ‘पटक -पटक समन्वय गर्न खोज्दा पनि मेयर साबले तपाईलाई सिमित अधिकार छ, समन्वय समिति, त्यसैगरी अनुगमन समिति बाहेक अन्य तपाईको अधिकार क्षेत्रभित्र होईन भन्ने जस्ता गैर जिम्मेवारी उत्तर दिनुभयो यो कहाँसम्म जायज हो ? ’ कानुन निर्माण गर्दा पनि आफुलाई कुनै जानकारी नदिइएको गुनासो गरेकी छन् ।

नगरमा हुने योजना निर्माणसंगै नगरमा बन्ने बिभिन्न समितीमा आफुलाई बाईपास गरेको प्रति आक्रोस पोख्दै नगर उप प्रमुख सुबेदीले समाचारदाताहरुसंगको अनौपचारीक कुराकानिमा बोलेरै जित्ने तर अधिकार बाँडफाँटमा बल मिच्याई गर्ने नगर प्रमुख आचार्यलाई आफु समितीमा बस्न चाहेको कुनै भत्ताको आसमा नभएर आफनो अधिकार सुरक्षित राख्न चाहेको समेत बताएकी छिन । उनले भनिन म जस्तो पैसाको बारे चासो नराख्नेलाई जसरी बायोस गरिएको छ यो सरासर राम्रो हैन, अझै पनि महिलालाई दास बनाउन सकिन्छ भन्ने मनाशय नगर प्रमुखमा देखियो यो मेरो हकमा स्विटेवल छैन । नगर प्रमुख पूर्णप्रसाद आचार्यले भने आफुले उपप्रमुख सुवेदीसँग समन्वय गरेर काम गरिरहेको दाबी गरेका छन् । उनले नगरको निति बिधि र कानुन संबत नै काम गरिरहेको दावि गरेका छन ।

स्मरण रहोस नगरको १४ औं नगर सभामा कोहलपुरमा उपलब्ध ४ दर्जन पत्रकारहरुलाई समेत कुनै जानकारी नदिई नगर सभाको आयोजना गरिएको थियो । आफु निकट पत्रकारहरुलाई निम्ता दिई नगर सभाको आयोजना गरेका नगर प्रमुखबारे उप प्रमुख सुबेदीले बोलेको भिडियो अहिले सामाजिक सञ्जालमा समेत भाईरल भईरहेको छ ।

Nabintech