२९ बैशाख २०८१, शनिबार
राष्ट्रिय युवा संघ कोहलपुर नगर अध्यक्षमा शाहि

समाजका हरेक सकारात्मक परिवर्तनकालागि हस्तक्षेपकारी भुमिका निर्वाह गर्न जरुरी


  • टाइम्स संवाददाता

  • २७ पुष २०८०, शुक्रबार ०८:५८

कोहलपुर,बाँके:युवा संघ नेपाल कोहलपुर नगर कमीटिको तेस्रो अधिवेशन बिहीबार कोहलपुरमा सम्पन्न भएको छ । अधिबेशनले मानव शाहिको अध्यक्षतामा ४१ सदस्य रहेको नगर कमिटी कोहलपुर चयन गरेको छ । कमिटिको उपाध्यक्षमा दिपक शाही, सचिवमा गिता खड्का ,सह सचिवमा सरोज खासा मगर , विस्णु जैसी र कोसाध्यक्ष हिमाल लम्साल चयन भएका छन ।

नव निर्वाचित नगरकमिटीका पदाधिकारीलाई राष्ट्रिय युवा संघ नेपालका सचिव तथा अधिबेशनका प्रमुख अतिथि खेमराज शर्माले सपथ ग्रहण गराएका थिय ।

राम कुमार थारुको अध्यक्षतामा भएको अधिबेशनमा नेकपा एमालेका कोहलपुर नगर ईन्चार्ज मो. हारुन,कोहलपुर नगर अध्यक्ष नम प्रसाद शर्मा ,नेकपा एमाले कोहलपुर नगरपालिका वडा नम्बर ५ अध्यक्ष दिपेन्द्र श्रेष्ठ ,युवा संघका केन्द्रिय सदस्य रामु राना भुसाल ,कुश्माखर बस्याल ,निर्मला मल्ल , राजु तामाङ लगायत नेता तथा कार्यकर्ताको उपस्तिथि रहेको थियो ।

प्रमुख अतिथि शर्माले युवाहरु भविष्यका कर्णधार मात्र हैनन बर्तमानका हिस्सादार पनि हुन भन्दै समाजका हरेक सकारात्मक परिवर्तनकालागि हस्तक्षेपकारी भुमिका निर्वाह गर्न जरुरी रहेको औंल्याएका थिए ।

इमानदारी ,जवाफदेही ,नैतिकवान चारित्रवान र बौद्धिक रुपमा बिकास गरि समाज रुपान्तरण को अभियानमा जोडिन समेत अपिल गरेका शर्माले समाजमा युवाहरुलाइ हेर्ने दृस्टीकोणमा सकारात्मक परिवर्तन आउँन जरुरी रहेको बताए । युवा संघको अधिबेशन भेरी शितभण्डार सहकारी संस्थाको सभाहलमा सम्पन्न भएको थियो ।

 

Nabintech