५ जेष्ठ २०८१, शनिबार
बृद्धबृदाको सेवा गर्दै मनायो एन प्याब्सनले आफनो स्थापना दिवस

सबैले देख्ने गरि तडक भडक गर्नुको तुक छैन एन प्याब्सन


  • टाइम्स संवाददाता

  • २७ पुष २०८०, शुक्रबार १९:४०

कोहलपुर,बाँके:नेशनल प्याब्सनले आफनो २६ औं स्थापना दिवस निल सागर आश्रममा रहेका बृद्धबृद्धाको सेवा गर्दै मनाएको छ । आफनो स्थापनाका अवसरमा नेशनल प्याब्सन कोहलपुर नगर कमिटीले जेष्ठ नागरीकहरुलाई भोजन गराएर दिवस मनाएको हो ।

तडक भडक रहित सामान्य कार्यक्रमको आयोजना गरेर पनि दिवस मनाउन सकिने सोचकासाथ नेशनल प्याब्सनको स्थापना दिवसको अवसर पारी कोहलपुर नगरपालिका वडा नं ५ मा रहेको निलसागर आश्रमका ३५ जना जेष्ठ नागरीकलाई भोजन गराएको हो । नेशनल प्याब्सनले सामाजिक उत्तर दायित्व अन्तर्गत आश्रममा रहेका जेष्ठ नागरीकलाई भोजन तथा आर्थिक सहयोग गरेको हो । नेशनल प्याब्सन बाँकेका सचिव वेद प्रसाद चन्दले आश्रमलाई आर्थिक सहयोग समेत गरेको बताए ।

स्थापना दिवसमा सामाजिक उ्तरदायित्व बहन गर्दै पुण्यको काम गराउने उद्देश्यले आश्रममा रहेका ज्येष्ठ नागरिक र बालवालिकाहरुलाई भोजन गराएको नेशनल प्याब्सन बाँकेका अध्यक्ष किशोर राज मल्लले बताए । मल्लका अनुसार गुणस्तरीय शिक्षामा सामुदायिक र निजि विद्यालय एक भएर लाग्नुपर्नेमा जोड दिए । आफ्ना विद्या्र्थीहरूलाई सामाजीक उत्तरदायित्व बहन गर्न यस्ता कार्यक्रमले प्रोत्साहित गर्न मद्धत गर्ने उनको थप कथन रहेको छ ।

कायक्रममा बोल्दै निल सागर आश्रमकी संयोजक अन्जु न्यौपानेले विभिन्न सहयोगी दाताहरुको सहयोगबाट आश्रममा आश्रितहरुलाई राहत पुगेको बताएकी छन् । नेशनल प्याब्सन बाँकेले गरेको सहयोगको सराहना गर्दै उनले कृतज्ञता समेत ब्यक्त गरिन ।

Nabintech