६ जेष्ठ २०८१, आईतवार
सापट बिग्रिँदा दुर्घटना भयाे: बस चालक नेपाली

जानकारका अनुसार स्टेरिङ फेल हुनु, पट्टा भाँचिदा बस नमोडिएर दुर्घटना हुने खतरा रहने तर सापट बिग्रिँदा यो समस्या नहुने


  • टाइम्स संवाददाता

  • २८ पुष २०८०, शनिबार १०:०१

भालुबाङ,दाङ:राप्ती नदीमा खसेको बसका चालकले इन्जिनमा समस्या भएपछि दुर्घटना भएको बयान दिएका छन्। प्रहरीको नियन्त्रणमा रहेका चालक लाल बहादुर नेपालीले बसको सापट बिग्रिएपछि दुर्घटना भएको बयान दिएका हुन्।

‘हामीले चालकसँग बयान लिँदा बसको सापटले काम नगरेपछि दुर्घटना भएको भनेका छन्’ जिल्ला प्रहरी कार्यालयका डिएसपी जनक मल्लले भने ‘बसको इन्जिनमा समस्या भए नभएको बारे परीक्षण गरिनेछ।’

राप्ती नदिमा खसेको बस बाहिर निकालिने र बसको इन्जिनको परीक्षण गरिने उनले बताए। चालकले बसको सापट बिग्रिएको र बस नमोडिँदा नदिमा खसेको प्रहरी समक्ष बयान दिएका छन्। तर सवारी साधनका जानकारहरु भने बसको इन्जिनमा प्रयोग हुने सापटको समस्याका कारण बस नमोडिने समस्या नहुने बताउँछन्। स्टेरिङ फेल हुनु, पट्टा भाँचिदा बस नमोडिएर दुर्घटना हुने खतरा रहने तर सापट बिग्रिँदा यो समस्या नहुने उनीहरू बताउँछन्।

दाङको भालुबाङ स्थित राप्ती नदिमा गए राती भे १ ख ३९१२ नम्बरको बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ भने अन्य २३ जना घाइते भएका छन्।

Nabintech