२५ बैशाख २०८१, मंगलवार
प्रधानमन्त्री कप क्रिकेटमा आज पुलिस र सुदूरपश्चिम तथा आर्मी र गण्डकी खेल्दै

  • टाइम्स संवाददाता

  • १८ माघ २०८०, बिहीबार १०:१६

  काठमान्डौ   :  प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा आज समूह चरणका अन्तिम दुई खेल हुँदैछन् । आज त्रिवि क्रिकेट मैदानमा त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीच खेल हुनेछ । मूलपानी क्रिकेट मैदानमा हुने अर्को खेलमा नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । दुवै खेल अहिले सवा ९ बजे शुरु हुने छ ।

जारी प्रतियोगितामा पुलिस आठ खेलबाट १६ अङ्क जोड्दै फाइनलमा प्रवेश गरिसकेको छ । आठ खेलबाट ८ अङ्क जोडेर छैटौँ स्थानमा रहेको सुदूरपश्चिम भने फाइनल प्रवेशको सम्भावनाबाट बाहिरिइसकेको छ । यस्तै आठ खेलबाट १२ अङ्क जोडेको आर्मी आजको खेलमा गण्डकी प्रदेशलाई हराउँदै १४ अङ्कसहित फाइनल प्रवेश गर्ने लक्ष्यमा छ ।

आर्मी, बाग्मती र मधेश समान १२ अङ्कसहित दोस्रो, तेस्रो र चौथो स्थानमा छन् । आठ खेलबाट ४ अङ्क जोडेर अङ्क तालिकाको आठौँ स्थानमा रहेको गण्डकीले भने आजको खेल जिते पनि आठौँ स्थानमै रहनेछ । प्रतियोगिताको फाइनल खेल पर्सि शनिवार हुनेछ ।

Nabintech