२५ बैशाख २०८१, मंगलवार
प्रिमियर लिग : म्यानचेस्टर युनाइटेडले उल्भ्सलाई हरायाे

  • टाइम्स संवाददाता

  • १९ माघ २०८०, शुक्रबार ०७:५०

काठमाण्डाै  :  इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले उल्भ्सलाई हराएको छ । गएराति भएको खेलमा युनाइटेडले उल्भ्सलाई ४–३ गोलले हरायो ।

जितसँगै युनाइटेडको २२ खेलमा ३५ अङ्क भएको छ । युनाइटेड सातौँ स्थानमा छ । उल्भ्स २२ खेलमा २९ अङ्ककासाथ एघारौँ स्थानमा छ ।

अर्को खेलमा वेस्टह्याम र बर्नमाउथले एक/एक गोलको बराबरी खेलेका छन्।

वेस्टह्याम २२ खेलमा ३६ अङ्ककासाथ तालिकाको छैटाैँ र बर्नमाउथ २१ खेलमा २६ अङ्ककासाथ बाह्रौँ स्थानमा रहेको छ । प्रिमियर लिगमा २२ खेलमा ५१ अङ्ककासाथ लिभरपुल शीर्ष स्थानमा छ ।

Nabintech