२२ बैशाख २०८१, शनिबार
कोहलपुर महोत्सवलाई यातायात मन्त्री ज्वालाले उदघाटन गर्ने

  • टाइम्स संवाददाता

  • २४ माघ २०८०, बुधबार २०:३७

कोहलपुर  :  नेपाल घरेलु तथा साना उद्योग महासघ कोहलपुर नगर समिती तथा महिला उद्यमी समुह द्धारा सन्चालन हुने पाँचौ प्रादेशिक औद्योगिक लघु,घरेलु तथा कृषि प्रबिधी, ब्यापार एबं पर्यटन महोत्सब २०८०को सम्पुर्ण तयारी पुरा भएको पत्रकार सम्मेलन गरेर जनकारी दिएको छ ।महोत्सवको उदघाटन भौतिक पुर्वधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले गर्ने बताइएको छ । महोत्सबमा २६० स्टलहरु रहने बताइएको छ । मेला अबधि भर २ लाख दर्शकले मेला अबलोकन गर्ने आयोजनकले लक्ष्य लिएको छ ।जंगल सफारी ,कृषि उत्पादन एबं प्रबिधिको प्रदर्शनी स्थानीय पर्यटक स्थलकोबारेमा जानकारी मुख्य आकर्षण रहने बताइएको छ ।राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति रहने छ । मेला फाल्गुन ४ गते सम्म संचालन हुने छ

Nabintech