३० बैशाख २०८१, आईतवार
नवलपरासीमा ३ वटा विद्युत् ट्रान्सर्फमर चोरी

  • टाइम्स संवाददाता

  • २९ माघ २०८०, सोमबार ०९:१६

नवलपरासी  पश्चिम्  :  पश्चिम् नवलपरासीका तिनवटा स्थानबाट बिद्युत् ट्रान्सर्फमर चोरी भएका छन् ।ट्रान्सर्फमर नै चोरी भएपछि स्थानीय समेत अचम्मित बनेका छन् ।गएराती बर्दघाट नगरपालिका वडा नम्बर १२ मा रहेको कडरिमाई ड्युप बोरिङको बिधुत ट्रान्सर्फमर चोरी भएको छ ।पछिल्लो समय नवलपरासीमा विद्युत् ट्रान्सर्फमर चोरीका घटना बढ्न थालेका छन् ।

झन्डै दुई महिना अघि रातीको समयमा बर्दघाट १ मा रहेको डिप बोरिङ सञ्चालनका लागि जडान गरिएको ट्रान्सर्फमर चोरी भएको वडा नम्बर १ का अध्यक्ष सन्दीप सापकोटाले जानकारी दिनुभयो ।गहुँ र मकैका लागी सिचाई गर्ने बेलामा ट्रान्सर्फमर चोरी हुँदा किसानलाई समस्या भएको वडा अध्यक्ष सापकोटाले बताउनुभयो ।

उक्त क्षेत्रको सिचाइका लागि भूमिगत सिचाई आयोजना रुपन्देहीले उपलब्ध गराएको बजेटमा भूमिगत सिचाइका लागि बोरिङ निर्माण गरिएको थियो ।

यसै गरि सरावल ३ मा रहेको किसान पोल्ट्रीफर्म को ट्रान्सर्फमर समेत १५ दिन अघि चोरी भएको विधुत प्राधिकरण बर्दघाट वितरण केन्द्रले जनाएको छ ।ट्रान्सर्फमर भित्र रहेको तामाको क्वाईल महँगोमा बिक्री हुने हुँदा ट्रान्सर्फमर चोरी हुने गरेको बताइएको छ ।

Nabintech