३० बैशाख २०८१, आईतवार
फरार प्रतिवादी पक्राउ गर्न सफल हुदै कोहलपुर प्रहरी

  • टाइम्स संवाददाता

  • २९ माघ २०८०, सोमबार ०९:२७

कोहलपुर  :  इलाका प्रहरी कार्यालय कोहलपुरले फरार २ जना प्रतिवादीलाई पक्राउ गरेको छ। सवारी ज्यान कसुर मुद्दामा २ बर्ष १० महिना ३ दिन कैद सजाय तोकिएका राप्ती सोनारी गाँउपालिका वडा नं.१ बस्ने पुर्ण बहादुर कुमाल र जातीय विभेद मुद्दामा रु.५०,०००/- जरिवाना तोकीएका बैजनाथ गाउपालिका वडा नं. ४ बस्ने तिलक खप्तरी मगरलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।कुमाललाई इलाका प्रहरी कार्यालय तुल्सीपुर दाङ्गको सहयोगमा तुल्सीपुर दाङ्गबाट र तिलक खप्तरी मगरलाई निजकै घर बाट पक्राउ गरेको डिएसपी तिवारीले बताए ।

कैद तथा जरिबाना तोकी फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गरी प्रभावकारी फैसला कार्यान्वयन गर्नको लागि जिल्ला प्रहरी कार्यालय, बाँकेले विशेष अभियान सञ्चालन गरेसँगै अपराधिहरुको खोज तलास तिब्र बनाइएको डिएसपी तिवारीले बताए ।

Nabintech