३१ बैशाख २०८१, सोमबार
यातायात ब्यवसायि फुटेर होइन जुटेर लागौ : खनाल

भिडियो सहित ,के भने त केन्द्रिय अध्यक्षले


  • टाइम्स संवाददाता

  • १ फाल्गुन २०८०, मंगलवार १६:४५

कोहलपुर :  बाँकेको कोहलपुरमा सार्बजिनक यातायात केन्द्रिय महासंघ नेपाल बाँके बर्दिया , सुर्खेतको संयुक्त आयोजनामा साबर्जजनिक यातायात केन्द्रिय महासघं नेपाल केन्द्रिय अध्यक्ष डोलनाथ खनाललाई एक कार्यक्रमका बिच सम्मान गरिएको छ ।
नेपालको सार्वजिनक क्षेत्रमा लामो समय सम्म क्रियाशील रहेर यातायात ब्यवसायिकहरुको हकहितको संरक्षण र सम्बद्धनको लागी बिशेष योग्दान पुराए बापत भारतको डिल्ली स्थित आइ.इ.एम .एस युनिभरसिटीबाट डाक्टर उपाधिबाट बिभुषित भएका डोलनाथ खनालले हामी ब्यवसायिहरु एक आपसमा फुटेर होइन , जुटेर जान सकेयो भने मात्रै हाम्रो यातायात क्षेत्रको लगानीलाई सुश्चित गर्न सकिने बताएका थिए ।

हामी ब्यवसायिक जब सम्म एकजुट हुन सक्दैनौ र एक ब्यवसायिकले अर्को ब्यवसायिलाई सम्मान गर्ने बातावरण हामीले आजैबाट शुरुवात गर्नु पर्ने बताएका थिए। यातायात केन्द्रिय महासघं नेपाल केन्द्रिय अध्यक्ष डोलनाथ खनालले राज्यले हामी यातायत ब्यवसायिलाई हेपा प्रबृतिले हेरिरहेको हुदा राज्यबाट हामा्र अधिकारलाई पाउनको लागी एक जुट हुनुको बिकल्प नरहेको उनको भनाइ छ।

कार्यक्रममा बागेश्वरी यातायता प्रालिका अध्यक्ष मन प्रसाद आर्चाय, पुर्वपश्चिम यातायात ब्यवसायि सेवा प्रालिका गणेश भुसाल,नमस्ते सुर्खेत यातायात प्रालिका अध्यक्ष धन बहादुर थापा,सिद्धपाइला यातायात प्रालिका अध्यक्ष प्रकास केसी,देउती यातायता प्रालिकाका संयोजक निर्मल बिस्ट,देउती नागरिक यातायात प्रालिका अध्यक्ष कमल खडका काके्रबिहार यातायता प्रालिका लोक वहादुर थापा ,भिजिट कर्णाली यातायात प्रालिका अध्यक्ष प्रकास कुमार शाही ,लगायतको सहभागीता रहेको थियो

भिडियो : बक्ताहरु क्रमस :   बिश्वराज खनाल , मन प्रसाद आर्चाय, गणेश भुसाल , डोलराज खनाल लगाएको मन्तब्य राखिएको छ

 

Nabintech