११ श्रावण २०८१, शुक्रबार
बाजुराको माथिल्लो भेगमा छ महिनापछि वर्षासँगै हिमपात

  • टाइम्स संवाददाता

  • ८ फाल्गुन २०८०, मंगलवार १४:१५

काठमाण्डाै  :  बाजुराको माथिल्लो भेगमा छ महिनापछि वर्षासँगै  हिमपात भएको छ ।  पूर्वी–उत्तरी भेगको हिमाली गाउँपालिकाको विच्छ्याँ, रुगिन, बुढीनन्दा नगरपालिका, गौमुल गाउँपालिकाका उच्च लेकाली भेगमा वर्षासँगै हिमपात भएको छ ।

यस्तै, जगन्नाथ, स्वामीकार्तिक, बडीमालिका, खप्तडछेडेदह र त्रिवेणी नगरपालिकाका लेकाली क्षेत्रमा पनि  हिमपात भएको छ । माथिल्लो भेगमा वर्षासँगै  हिमपात भएपछि किसान खुसी भएका छन् ।

हिउँदे वर्षाका कारण पहाडी क्षेत्रमा लगाइएका विभिन्न बालीलाई फाइदा पुगेको बडीमालिका नगरपालिका–३ रजालीका कमल रावलले बताउनुभयो । बेँसीतिर पानी पर्दा भने अत्यधिक मात्रामा जाडो बढेको छ । गएरातिदेखि उच्च हिमाली क्षेत्रका धेरै ठाउँमा परेको हिमपातले जनजीवन कष्टकर बनाएको छ ।

Nabintech