१२ श्रावण २०८१, शनिबार
अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइँदै

  • टाइम्स संवाददाता

  • ९ फाल्गुन २०८०, बुधबार ११:४०

काठमाण्डाै  :  अन्तर्राष्ट्रिय मातृभाषा दिवस नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । २५औँ अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०२४ को नारा “बहुभाषी शिक्षा अन्तरपुस्ताको शिक्षाको स्तम्भ हो” भन्ने रहेको छ । संयुक्त राष्ट्रसङ्घ महासभाले सन् १९९९ मा घोषणा गरी सन् २००० देखि फेब्रुअरी २१ तारिखका दिन अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन शुरु गरिएको हो ।

नेपालमा भने २०६६ सालदेखि विशेषरुपमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन शुरु गरिएको हो । दिवसको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान, भाषा आयोग र संयुक्त राष्ट्र सङ्घीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले मातृभाषामा विभिन्न कार्यक्रमको आयोजना गर्ने जनाएका छन् ।

सन् १९५२ मा बङ्लादेशमा मातृभाषा (बङ्गाली भाषा) बोल्न पाउनुपर्छ भनेर माग गर्ने विद्यार्थी मारिएको दिनको सम्झनामा दिवस मनाउने गरिन्छ । त्यसबेला बङ्लादेशलाई पूर्वी पाकिस्तान भनिन्थ्यो । बङ्लादेशमा अहिले पनि आजको दिन राष्ट्रिय बिदा दिने गरिन्छ ।

Nabintech