१२ श्रावण २०८१, शनिबार
कालीकोटमा नुनको अभाव पुगेन कसैको ध्यान

  • टाइम्स संवाददाता

  • ९ फाल्गुन २०८०, बुधबार ११:४३

कालीकोट  :   कालीकोटमा नुनको अभाव बढेको छ । ११ केजी नुन पाउन एक जनाले दुई हजारदेखि २५ सय रुपियाँसम्म खर्च गर्नुपर्ने अवस्था छ ।

नुन लिन नागरिकले आफ्नो नागरिकताको फोटोकपी बुझाउनुपर्ने हुन्छ । जिल्लाका स्थानीय नागरिकले ११ पाकेट नुन लिनका लागि दुई हजारदेखि दुई हजार पाँच सय खर्च गर्नुपर्छ भने साथमा नागरिक्ता अनिवार्य ल्याउनु पर्ने बाध्यता छ ।

नागरिकता नभएमा नुन नपाउने र नागरिकता भएकाले रु एक सयको ११ के.जी नुन पाउने व्यवस्था छ । केही महिना प्रति व्यक्ति पाँच किलो अर्थात् पाँच पाकेट नुन पाउने गरेका यहाँका नागरिकले अहिले भने अलि कोटा थपेर ११ पाकेटसम्म पुगेको छ ।

कालीकोटको खाँडाचक्र नगरपालिका १० चौकीका ६२ वर्षीय जगबहादुर शाही मंगलबार नुन लिन मान्ममा रहेको साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको कार्यालय पुगे ।

Nabintech