१९ बैशाख २०८१, बुधबार
प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागि गृहमन्त्री श्रेष्ठ नेपालगञ्जमा

  • रासस

  • १० फाल्गुन २०८०, बिहीबार ०६:१९

जानकी (बाँके) – उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ नेपालगञ्जमा बिहीबारदेखि सुरु हुने लुम्बिनी प्रदेशस्तरीय दुई दिने सुरक्षा गोष्ठीका लागि नेपालगञ्ज पुगेका छन् । बुधबार साँझ बुद्ध एयरबाट नेपालगञ्ज पुगेका गृहमन्त्री श्रेष्ठलाई प्रमुख जिल्ला अधिकारी श्रवणकुमार श्रेष्ठ, लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक कुवेर कडायतलगायत बाँकेस्थित सुरक्षा प्रमुखले नेपालगञ्ज विमानस्थलमा स्वागत गरेका थिए ।

आजदेखि सुरु हुने प्रदेशस्तरीय दुई दिने सुरक्षा गोष्ठीमा लुम्बिनी प्रदेशका १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, गृह मन्त्रालयका गृहसचिव, उच्चपदस्थ कर्मचारीहरू, प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरी, प्रमुख सचिव राधा अर्याल, गृहमन्त्री सन्तोष पाण्डे, गृहसचिव लालबाबु कवारीलगायतको सहभागिता रहने प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिए ।

गृहमन्त्री श्रेष्ठले भोलिदेखि सुरु हुने ‘ट्राफिक सप्ताह(२०८०’ को उद्घाटन गर्ने कार्यक्रम रहेको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुवासचन्द्र बोहोराले बताए । नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त आयोजनामा ‘सडक अनुशासन र सवारी दुर्घटना न्यूनीकरण’सम्बन्धी सप्ताह हुने जनाइएको छ ।

Nabintech