२१ बैशाख २०८१, शुक्रबार
आज लुम्बिनी प्रदेश सभामा प्रधानमन्त्रीको विशेष सम्बोधन

  • टाइम्स संवाददाता

  • १९ फाल्गुन २०८०, शनिबार ११:०८

लुम्बिनी प्रदेशसभाको तेस्रो अधिवेशनको दोस्रो बैठकलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्नुहुने भएको छ । शनिबार दिउँसो २ बजे बस्ने बैठकलाई प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने सम्भावित कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीले दोस्रो बैठकलाई बिशेष सम्वोधन गर्ने भएपछि पहिलो बैठकलाई विवादरहित बनाउन संसदीय दलबाट बोल्ने कार्यसूची छोट्याइएको स्रोतले जनाएको छ । सरकारमाथि दलकोतर्फबाट सांसदहरुले प्रश्न उठाउने तयारी गरेको बुझेपछि प्रधानमन्त्रीको सम्बोधनअघि विवादरहित वातावरण बनाउन बोल्ने कार्यक्रम कार्यसूचीबाट हटाइएको थियो ।

Nabintech