२३ बैशाख २०८१, आईतवार
राजीनामा गर्न प्रधानमन्त्रीको सुझाव मुख्यसचिवले मानेनन्

सुरुमा सकारात्मक प्रतिक्रिया दिएका अर्यालले पछि राजीनामा नगर्ने सन्देश पठाएका छन्


  • टाइम्स संवाददाता

  • २१ फाल्गुन २०८०, सोमबार ०६:३९

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभिन्न अनियमितामा मुछिएका मुख्यसचिव वैकुण्ठ अर्याललाई पदबाट राजीनामा गर्न सुझाव दिएका छन् । मुख्य सचिवले भने आनाकानी गरिरहेको बालुवाटार स्रोतले बतायो ।

टेरामक्स प्रकरणमा मुख्य सचिव अर्यालसमेतलाई प्रतिवादी बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा लैजाने अन्तिम तयारी गरेको छ ।  मुद्दा दायर गर्नुअघि अर्यालको राजीनामाको पर्खाइमा छ अख्तियार । बहालबाला मुख्यसचिवमाथि मुद्दा दायर गर्दा समग्र कर्मचारीतन्त्रको मनोबल गिर्न सक्ने भएकाले अख्तियारले उनले राजीनामा दिउन् भन्ने चाहेको हो । यो सन्देश सरकारमार्फत मुख्यसचिवसम्म पुर्याइएको थियो ।

यसै विषयमा कुरा गर्न प्रधानमन्त्री प्रचण्डले मुख्यसचिव अर्याललाई बोलाएर बालुवाटारमा भेटेको उच्च स्रोतले बतायो । भेटमा प्रधानमन्त्रीले मिडियामा आएका समाचारहरु उद्वृत गर्दै अर्याललाई राजीनामा गर्न आग्रह गरेका थिए । प्रधानमन्त्रीको आग्रहमा अर्यालले सकारात्मक प्रतिक्रिया दिएको स्रोतको दावी छ ।

तर, उनले राजीनामा दिएनन् । अर्को दिन राजीनामा नदिने सन्देश उनले पठाएका छन् ।  ‘आफूले राजीनामा गर्दा आरोप स्वीकार गरेको सन्देश जाने भएकाले मनस्थिति बदल्निुभएको देखियो’, स्रोतले भन्यो । मुख्यसचिवले राजीनामा नदिएर नियमित काम गरिरहेकोमा प्रधानमन्त्री उनीसँग असन्तुष्ट बनेका छन् । अर्यालका कारण आफ्नो र सरकारको छविमा पनि आँच आउन सक्ने भन्दै प्रधानमन्त्रीले थप दवाव दिएर राजीनामा गर्न लगाउने सम्भावना पनि रहेको बताइएको छ ।

टेरामक्स प्रविधिका उपकरण खरिदमा भएको अनियमितता प्रकरणमा मुछिएका तत्कालीन सञ्चारसचिव अर्यालले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको अनिमितता प्रकरणमा पक्राउ परेका विकल पौडेलसँग आर्थिक लेनदेन गरेको तथ्य समेत बाहिरिएको छ । यसबाट उनी थप दवावमा परेका छन् । आफूमाथि लागेका आरोपको पौडेलले बलियो बचाउ गर्न सकिरहेका छैनन् ।

नेपाल प्रेस 

Nabintech