१६ बैशाख २०८१, आईतवार
कर्णालीमा ४५ हजार बुस्टर डोज

  • टाइम्स संवाददाता

  • ७ चैत्र २०८०, बुधबार ०७:५८

सुर्खेत :  हालसम्म कर्णाली प्रदेशका करिब ४५ हजार नागरिकले कोरोनाविरुद्धको फाइजर खोप लगाएका छन् । खोप कभरेज कम भएका कर्णालीका पाँच जिल्लामा सञ्चालन भएको कोभिड–१९ विरुद्धको खोप अभियानका क्रममा पाँच जिल्लाका करिब ४५ हजार नागरिकले फाइजर खोप (बुस्टर डोज) लगाएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।

कोभिड–१९ विरुद्धको खोप कभरेज कम भएका दैलेख, कालीकोट, जुम्ला, सल्यान र सुर्खेतमा खोप अभियान सञ्चालन भएको थियो । जिल्लास्थित स्वास्थ्य सेवा कार्यालयको आयोजना तथा इपिक नेपाल र एफएचआई–३६० को आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालन गरिएको कोभिड–१९ विरुद्धको फाइजर खोप अभियानसमेत सम्पन्न भएको छ

Nabintech