१५ बैशाख २०८१, शनिबार
मध्य तथा पूर्वी क्षेत्रमा झरी आज पनि कायम

  • टाइम्स संवाददाता

  • ८ चैत्र २०८०, बिहीबार ०७:३८

काठमाण्डौ : काठमाण्डौ उपत्यकासहित देशका मध्य तथा पूर्वी क्षेत्रमा वर्षा भएको छ । हिजोदेखि शुरु भएको झरी आज पनि कायम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले काठमाण्डौ उपत्यकासहित बाग्मती प्रदेशका केही ठाउँ तथा कोशी र मधेश प्रदेशका धेरै ठाउँमा हल्का वर्षा भैरहेको छ ।

दिनभर पानी पर्ने र रोकिने क्रम चलिरहने मौसमविद सञ्जिव अधिकारीले जानकारी दिनुभयो । भोलि र पर्सिको मौसम पनि यस्तै रहने उहाँको भनाइ छ । उहाँका अनुसार तीन दिनसम्म मौसम पूर्ण रुपमा सुधार हुने सम्भावना छैन ।

पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभावले पानी परेको हो ।

महाशाखाका अनुसार विशेषगरी कोशी, मधेस र बाग्मती प्रदेशमा वर्षा भएको छ । यस्तै लुम्बिनी र गण्डकी प्रदेशका थोरै ठाउँमा पनि पानी परेको छ ।

Nabintech