१६ बैशाख २०८१, आईतवार
कोहलपुरका पानी उद्योगकोे गुणस्तर मापनको लागी नमुना पठाइयो

  • टाइम्स संवाददाता

  • ८ चैत्र २०८०, बिहीबार १७:१०

कोहलपुर  : कोहलपुर नगरपालिकाले कोहलपुर नगरपालिकाभित्र रहेका पानी उद्योगहरुले उत्पादन गरेको पानीको परीक्षण गर्न नमुना संकलन गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण नेपालगन्ज पठाएको छ । ती उद्योगहरुले उत्पादन गर्ने पानीको गुणस्तर नभएको भनी पटकपट उपभोग्तारुको गुनासो भएपछि नमुना संकलन गरिएको कोहलपुर नगरपालिका उद्योग सहकारी तथा उपभोग्ता हित संरक्षण उप शाखा प्रमुख अग्नि प्रसाद आर्चायले कोहलपुर टाइम्सलाई बताए ।


संकलन गरिएको पानीमा लाइफ ओके पानी उद्योग, आरुस पानी उद्योग, झरना पानी उद्योग, श्री पानी उद्योग, वरपिपल पानी उद्योग र एच टु ओ को उत्पादित पानीको नमुना संकलन गरिएको छ यी उद्योगद्धारा उत्पादित पानीको जारको पनि नमुना संकलन गरिने बताइएको छ । पानीमा गुणस्तर भएको पाइमा पानी उद्योगलाई सिल सम्म गरिने जानकारी दिएको छ । ब्यापारीले मनोमानी तरिकाले मुल्य लिने गरेको उपभोग्ताको गुनासो आइरहेको उपभोग्ता हित संरक्षण मन्च कोहलपुरका अध्यक्ष बिष्णु प्रसाद बेल्बासेले बताएका छन ।उत्पादन मिती र मुल्य उपभोग्ताले स्पस्ट देखिने गरि लेबल लगाइनु पर्ने आम उपभोग्ताको आवाज उठिरहेको छ ।

Nabintech