१६ बैशाख २०८१, आईतवार
गठबन्धन फेरियसगै खारेज भयो भूमि आयोग

  • टाइम्स संवाददाता

  • ९ चैत्र २०८०, शुक्रबार ०८:१५

काठमाडौं :  सत्ता गठबन्धन फेरिने बित्तिकै सरकारले राष्ट्रिय भूमि आयोग खारेज गरेको छ ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यसअघि काम गरिरहेको राष्ट्रिय भूमि आयोग खारेज गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । आयोगले विभिन्न स्थानका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई लालपुर्जा वितरण थालेको थियो ।

आयोगको अध्यक्षमा केशव निरौला थिए भने उपाध्यक्ष नहेन्द्र खड्का थिए । निरौला नेपाली कांग्रेसनिकट हुन् भने खड्का माओवादी केन्द्र हुन् ।२०७८ साउनमा गठन भएको आयोगलाई खारेज गर्दै सरकारले नयाँ आयोग बनाउन लागेको हो । त्यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७७ वैशाखमा देवी ज्ञवालीको अध्यक्षतामा रहेको आयोग खारेज गर्दै केशव निरौलाको नेतृत्वमा नयाँ आयोग बनाएको थियो ।

Nabintech