१७ बैशाख २०८१, सोमबार
कागजी नोट प्रयोगमा हेलचेक्राई गर्न थालेपछि राष्ट्र बैंकद्धारा सचेतना अभियान

  • टाइम्स संवाददाता

  • ९ चैत्र २०८०, शुक्रबार १७:४४

कोहलपुर  : पछिल्लो समय नागरीकहरुले प्रयोग गर्ने कागजी नोटमा हेलचेक्रइ हुन थाले पछि राष्ट्रि बैकले सचेतनामुलक कार्यक्रम थालेको छ ।
बिक्तीय जागरण अभाबका कारण आम नागरिकहरुले प्रयोग गर्दै आएका कागजी नोटहरु अहिले असुरक्षित हुदै आएको पाईन्छ । बजारमा धेरै जसो नोटहरु च्यातियका केरमेट भएका र सफा नोट कमैमात्रमा पाइन थालेको छ । नोटलाइ सुरक्षित राख्नको लागी  बाँकेको कोहलपुरमा रहेको स्वावलम्वन लघुबित्त बित्तीय सस्थासगको सहकार्यमा राष्ट्र बैकले सचेतनामुलक कार्यक्रमको थालनी गरेको छ । गोलबल मनी सप्ताहको अबसरमा बिद्यालयमा चेतनामुलक कार्यक्रम थालिएको नेपाल राष्ट्र बैकका उप निर्देशक रामकुमार कार्की बताछन।
कागजी नोटलाई सबैले सुरक्षित राख्न सबै नागरिक सचेत हुनु पर्ने उप निर्देशक कार्कीको भनाइ छ ।


गोलोबल मनी सप्ताहको अबसर पारेर बाँकेको कोहलपुरमा बिद्यालयका बिद्यार्थीहरुलाई पैसाको बचत कसरी गर्ने नेपाली नोटलाई कसरी सफा राख्न सकिन्छ र यो अभियानमा बिद्यार्थीहरुको भुमिका प्रभाबकारी हुने स्वावलम्बन लघुबिक्त सस्थाका कोहलपुर क्लस्टर प्रमुख चन्द्र बहादुर थापा बताउछन । कागजी नोटको ब्यस्थापन सगसगै हामीले आम्दानी र खर्चको ब्यवस्थापनलाई पनि ध्यान दिनु पर्ने स्वावलम्बन लघुबित्त बित्तीय सस्थाका कोहलपुर क्लस्टर प्रमुख चन्द्र बहादुर थापाको भनााइ छ नेपाली रुपैयामा करेमेट गरे वा नोटमा हस्ताक्षर गरेमा नोटको बन्डलमा स्टीज लगाएमा प्लासिष्टकमा बाण्ड गरेमा ३ महिना कैद र ५ हजार सम्म जरीमा गरेको छ । तर पनि बिक्तीय साक्षरता अभाबका कारण कानुन कार्यान्वयनमा आउन सकेको छैन पैसालाई सुरक्षित राख्नको लागी यो कार्यक्रमबाट धेरै कुरा थाहा पाउन सकेको बिद्यार्थी गंगा रोकायको भनाइ छ


कागजी नोटलाई सुरक्षित राख्न पर्छ भन्ने आफुलाई जानकारी नभएको र यो कार्यक्रमबाट धेरै कुरा सिक्न पाएको कष्ण माबिका बिद्यार्थी शर्मिला डागी बताउछिन ।नेपाली रुपैयालाई सफा र सुरक्षित राख्ने यो अभियानमा नागरिकस्तरबाट सहयोग भयो भने बर्षेनी नयाँ नोट छापाइमा खर्चमा हुने पक्का देखिन्छ

Nabintech