१५ बैशाख २०८१, शनिबार
प्रधानमन्त्री रोजगार कार्यक्रम,परिमार्जन गरी लैजाने तयारी

  • टाइम्स संवाददाता

  • १४ चैत्र २०८०, बुधबार ०८:४८

काठमाडौँ :  सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई आउँदो आर्थिक वर्षदेखि पुनर्संरचना गरी कार्यान्वयनमा ल्याउने तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उक्त कार्यक्रमको निर्देशिका अनुसार आउँदो आवदेखि पुनर्संरचना गर्ने तयारी गरेको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विगत छ वर्षदेखि सञ्चालित कार्यक्रमको कार्यान्वयन प्रभावकारी नभएको भनेर चौतर्फी आलोचना भएपछि आगामी वर्षदेखि यसको ढाँचा परिवर्तन गरी सञ्चालन गर्ने गरी निर्देशिका जारी गरेर कार्यान्वयनमा ल्याउन लागेको छ ।

मन्त्रालयका अनुसार उक्त कार्यक्रमलाई पुनर्संरचना गर्ने निर्देशिका गत वर्ष नै जारी भए पनि गत वर्ष यस कार्यक्रमका लागि बजेट घटेकाले उक्त निर्देशिका कार्यान्वयनमा जान सकेको थिएन । यो वर्ष भने यसलाई सुरुदेखिनै कार्यान्वयनमा जाने गरी तयारी भएको मन्त्रालयले तयारी गरेको जनाएको छ ।

निर्देशिकाका अनुसार ७५३ वटा पालिकाको मागका आधारमा सिप र तालिमको विवरण सङ्कलन गरिने छ र सोही विवरणका आधारमा सिप प्रदान गरिने उल्लेख छ ।

Nabintech