१७ बैशाख २०८१, सोमबार
डढेलो नियन्त्रणमा उत्कृष्ट भूमिका निर्वाह गर्नेलाई पुरस्कृत

  • टाइम्स संवाददाता

  • २० चैत्र २०८०, मंगलवार १४:०१

अर्घाखाँची : अर्घाखाँचीमा वनमा लाग्ने डढेलो नियन्त्रणमा उत्कृष्ट भूमिका निर्वाह गर्नेलाई पुरस्कृत गरिने भएको छ । गर्मी मौसममा विभिन्न क्षेत्रमा डढेलो फैलिने जोखिम उच्च हुने र क्षति पुग्ने गरेकोमा डढेलो नियन्त्रणमा उत्कृष्ट भूमिका निर्वाह गर्ने सङ्घसंस्था, समूह र व्यक्तिलाई  १० हजार रुपैयाँका दरले पुरस्कृत गर्ने निर्णय भएको डिभिजन वन कार्यालयका वन अधिकृत मदन ढुङ्गानाले जानकारी दिनुभयो ।

डिभिजन वन कार्यालय अर्घाखाँचीको आयोजनामा भएको डढेलो रोकथाम तथा नियन्त्रण सम्बन्धी कार्यक्रम तथा जिल्ला वन समन्वय समिति र जिल्ला वन सुरक्षा समितिको संयुक्त बैठकमा वन डढेलो नियन्त्रण गर्नेलाई पुरस्कृत गर्ने निर्णय भएको हो ।

Nabintech