२२ बैशाख २०८१, शनिबार
आरन व्यवसायबाट जिबीकोपार्जनमा मुश्किल

  • टाइम्स संवाददाता

  • ९ बैशाख २०८१, आईतवार १३:५५

कोहलपुर  :  पछिल्लो समय विभिन्न आधुनिक उपकरणको बढ्दो प्रयोगले आरन व्यवसायको बजार खस्कदै गएको छ। ७२ बर्षिय कालो बादि बादि समुदायको नाच्ने गाउँने पेशा बाजेले गरेपनि बुवाले आरन व्यवसाय गर्नुभएको र आफुले पनि होस समाल्दै आएदेखि आरनको काम गर्दै आइरहनु भएको छ।
जाजरकोट बाट २३ बर्ष अघि बसाइँसराइ गरेर कोहलपुर नगरपालिका वडा नम्बर १३ भरैया गाउँमा बस्दै आउनु भएका कालो बादिले छोरा र नातिलाई समेत यहि पेशा नै सिकाईरहनु भएको छ।
आफुहरुको पुर्खौलि सम्पति नभएको र छोराछोरीलाई भनेजस्तो शिक्षा दिन नसकेकोले आफ्नो तिन पुस्ता नै यहि आरन पेशाबाट धानिएको बताउनु हुन्छ। १३ जनाको परिवारलाई अहिलेसम्म जेनतेन यहि आरन पेशाले नै पालिरहेको तर अहिले पहिले जस्तो व्यवसाय नहुदा परिवार पाल्न निकै धौ धौ भएको बताउनु हुन्छ।

कालो बादिसङ्गै छेउमा बसेर आरन पिटिरहनु भएका उहाँका ४० बर्षिय जेठो छोरा बिष्णु बादिले पनि आरनको कामलाईनै नितन्तरता दिदै आइरहनु भएको छ। पढाई लेखाई छैन अरु काम गर्न सिप छैन योग्यता छैन जानेको यहि आरनको काम हो त्यसैले आरन नै पिट्ने गरेको बताउनु हुन्छ।

सामान्य परिवारमा जन्मिएको मान्छे । बुवा–बाजेले गर्दै आएको पेसा गर्ने बाहेकको विकल्प मेरो जीवनमा थिएन । घरमा सयुक्त परिवार अरु भाईहरु बहिनिहरु साना सान अनि आफु घरको कान्छो छोरो यो पेशा बाहेक अरु बिकल्प नरहेको बताउनु हुन्छ।बिष्णुसङ्गै उहाँका १४ बर्षिय छोरा लालबहादुर बादिपनि स्कुलबाट आएर फुर्सदको समयमा आरनको काम सिक्ने गर्नु हुन्छ।
बिष्नु भन्नुहुन्छ “आरन व्यवसायलाई बढाउँदै लैजाने मन छ । बाबुबाजेले गर्दै आएको पेसालाई निरन्तरता दिँदा खुसी छु ।तर आधुनिक औजारसङ्गसङ्गै आफुहरुको आरन व्यवसाय धरापमा परेको हुँदा स्थानिय निकायबाट पनि हाम्रो व्यवसायीलाई सहजताका लागि नयाँ सामग्री निर्माणमा सहयोग पुर्‍याउन तालिमको आवश्यकता छ । स्थानीय सरकारबाट पनि थप सीपका लागि तालिम दिए सहयोग पुग्ने थियो ।” पछिल्लो समय धेरैजसो युवापुस्ताले चासो नदिँदा यो पेसा पुस्तान्तरण हुन नसकेको उहाँको गुनासो छ।

Nabintech