५ जेष्ठ २०८१, शनिबार
पेट्रोलियम पदार्थको अन्तिम अन्वेषण

  • टाइम्स संवाददाता

  • २३ बैशाख २०८१, आईतवार १६:२३

दैलेख : दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थको अन्तिम अन्वेषण तथा उत्खनन्का लागि आवश्यक पर्ने पूर्वाधार निर्माण र उपकरण जडान कार्य सकिएसँगै अन्बेषणात्मक (बेल) कार्यको उद्घाटन गरिएको छ ।

आइतबार सङ्घीय सरकारका उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारी पेट्रोलियम पदार्थको अन्बेषणात्मक (बेल) ड्रिलिङ कार्यको उद्घाटन गर्नुभएको हो । पेट्रोलियम पदार्थको अन्बेषणात्मक ड्रिलिङ कार्यको उद्घाटन गर्दै उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारीले पेट्रोलियम पदार्थको अन्वेषण तथा उत्खनन भएमा मुलुक आर्थिक समृद्धिको यात्रामा अगाडि बढ्ने बताउनुभयो ।

उहाँले देशमा भएका थुप्रै खानीहरूको अध्ययन अनुसन्धान गरी उत्खनन गर्न नेपाल सरकार लागिरहेको बताउनुभयो । उहाँले दैलेखमा पेट्रोलियम पदार्थ भएको पुष्टि भएमा देशलाई आर्थिक रूपमा ठुलो टेवा पुग्ने र पेट्रोलियम पदार्थको आयात होइन निर्यात गर्ने मुलुकका रूपमा नेपाल चिनिने बताउनुभयो ।  कमल शर्मा

Nabintech