८ माघ २०८१, मंगलवार
कोहलपुुरमा स्टेज क्वीन ज्योति मगरद्धारा सन्ध्याकालीन धमाका

  • टाइम्स संवाददाता

  • १९ पुष २०८१, शुक्रबार २०:३४

कोहलपुुर- लोकदोहोरी गायिका ज्योति मगर यतिबेला देशभर लागिरहेका महोत्सवहरुमा व्यस्त छिन् । पूूर्वदेखि पश्चिम महाकाली होस् र देश विदेशमा उनको माग निकै बढी छ । स्टेज क्वीनका रुपमा परिचित ज्योति मगर शुुक्रबार कोहलपुुर महोत्सवमा आफ्नो पूर्ववत प्रस्तुतिमा झुुल्किइन् । मौषम खराबीका कारण प्लेन डिले हुुँदा निर्धारित समय भन्दा निकै ढिलो पुुगेकी मगरले ढिलो आयो कडा आयो भने झैँ कोहलपुुर महोत्सवमा सन्ध्याकालीन धमाका मच्चाइन् । उनी अबेर गरी महोत्सवमा आउँदा दर्शकहरुले ज्योति मगरको नारा नै लगाएका थिए । उनी स्टेजमा प्रवेश गर्नासाथ आफ्नो प्रस्तुुति दिन थालिहालिन् । उनी कोहलपुुर महोत्सवकै प्रशिक्षित कलाकार थिइन् । उनी आउने भनेपछि महोत्सवमा दर्शकको ओइरो लागेको थियो जब मञ्चबाट ज्योति मगरको नाम लिने बित्तिकै चारैतिरबाट हुटिंग र तालीको गडगडाहट सुरु भयो । गायिका मगरको स्वर गुञ्जिने बित्तिकै कोहलपुुरबासी एकाएक उठेर झुम्मिन थाले । उनले गाएका सबै गितहरुमा दर्शकहरुले मनोरञ्जन लिएका थिए । गायिका मगरको प्रस्तुतीको प्रतिक्षामा बसेका दर्शक उनको प्रस्तुतीसँगै निकै उत्साहित थिए । उनले आफ्ना चर्चित गीतहरु जिम्मल बाउकी छोरी,कान्छी मुुसुुक्कै पैसा भुुतुुक्कै लगायतका गीतहरु गाएकी थिइन् । उनी संगै शनिबारको प्रस्तुतिमा गायक शिव संगीत ,सुस्मिता कटवाल ,आरके थारुले सांगीतिक प्रस्तुति मार्फत दर्शकहरुलाइ भरपुर मनोरञ्जन प्रदान गरेका थिए भने महोत्सवमा मोडल तथा डान्सर मौसमी रानामगरको पनि प्रस्तुति रहेको थियोे ।

कोहलपुरमा जारी ‘प्रथम कृषि तथा पर्यटन प्रर्वद्धन व्यापारिक संरक्षण तथा तथा साँस्कृतिक महोत्सव ९एस्पो–२०८१०’ उत्साहजनक रूपमा संचालन भैरहेको आयोजकको दाबी रहेको छ । नेपाल आदीवासी जनजाति महासंघ नगर समन्वय परिषद् कोहलपुर बाँकेको आयोजनामा आदिवासी जनजाति संग्रहालय निर्माणार्थ गत पुस ९ गते देखि सुरु गरिएको महोत्सव १७ गतेसम्म संचालन गरिने बताइएको थियोे तर दर्शकहरुको उल्लेख्य सहभागिता बढ्दै गएकोले दर्शकहरुको मागलाइ सम्बोधन गर्दै थप ३ दिन पुस २० गते सम्म संचालन गरिने निर्णय गरिएको आयोजकले जनाएको छ ।
आदीवासी जनजाति संग्रहालय निर्माण गर्ने उद्देश्यले महोत्सव सञ्चालन गरिएको हो । मेलामा करिब २५० वटा व्यापारिक स्टल तथा २० वटा होटल स्टल रहेका छन् । स्टल तथा प्रयोजक व्यवस्थापन संयोजक हेमन्त पुनले स्टलबाट अपेक्षा अनुसारको व्यापार भैरहेको बताए ।
महोत्सवका मुख्य आकर्षकका बालउद्यान,कृषि प्रर्दशनी,व्यापारी स्टलहरु,थारु गाउँ ,कराते,र उस्सु खेल प्रर्दशनपनि आकर्षणका रुपमा रहेका छन् । साथै मगर खाना परिकार,गुरुङ खाना परिकार,थारु परिकार,नेवार खाना परिकारका साथै अन्य जातीय खाना परिकारहरुको प्रर्दशनी गरिनुका सार्थै स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको वेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ । त्यस्तै महोत्सवमा स्थलमा निशुल्क पार्किङको व्यवस्था समेत गरिएको छ ।
२० शनिबार आउने कलाकारहरु
महोत्सवमा शनिबार पछिल्लो समय दर्शकहरुको मनमा बस्न सफल लोक तथा दोहोरी गायक खुमन अधिकारी गायिका जानकी तारमी मगर गायक यस कुमार गायिका मन कुमारी सुनार ,देउडा गायिका रेखा जोशी लगायतका कलाकारहरु आउने भएका छ्न साथमा स्थानीय कलाकारहरुको प्रतिभा रहने तथा लाइभ दोहोरी समेत प्रस्तुत गरिने आयोजकले जनाएको छ ।

Nabintech