१० पुष २०८१, बुधबार
जुफाल विमानस्थल ५३ दिनपछि सञ्चालन

  • टाइम्स संवाददाता

  • ९ बैशाख २०८१, आईतवार १३:५९

डोल्पा  : धावनमार्ग मर्मत पूरा भएपछि जुफाल विमानस्थल ५३ दिनपछि सञ्चालन भएको छ ।

आज बिहान नेपालगञ्जबाट तारा एयरको विमान अवतरण भएसँगै विमानस्थल सञ्चालन भएको हो । मूल्य अभिवृद्धि करसहित रु छ करोडमा धावनमार्ग मर्मत भएको नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर वीरप्रसाद शाहीले जानकारी दिनुभयो । धावनमार्गको एक सय ८५ मिटर मर्मत गरिएको हो ।

धावनमार्ग जीर्ण भएपछि विमान कम्पनीले जोखिम मोलेर उडान गर्न नसकिने बताउँदै आएका थिए । यो डोल्पाको एकमात्र विमानस्थल हो ।

Nabintech