१३ बैशाख २०८१, बिहीबार
कोहलपुर खानेपानीका अध्यक्ष मल्ललाइ युवा जन स्वयमसेवक नेपालले दल्यो कालो मोसो (अपडेट)

लगातार एक महिना देखि कोहलपुरका वडा नं १०,६ र ११ मा खानेपानी आपुर्ति भएको छैन


  • प्रमोद रिजाल

  • २३ श्रावण २०७९, सोमबार १८:४८

कोहलपुर: कोहलपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष नर बहादुर मल्ललाई एक समुहले कालोमोसो दलेको छ ।सोमबार दिउसो कार्यालय समयमा आएको ४ जनाको अज्ञात समुहले कालो मोसो दलेर फरार भएको अध्यक्ष मल्लले जानकारी दिए । यद्यपि कालोमोसो आफुले दलेको जनस्वयंसेबक नेपालले दाबि गरेको छ । खानेपानीका बिषयमा अध्यक्ष संग कुरा गर्नु छ भन्दै कार्यालयमा आएको समुहले सुरुमा कोहलपुर १० को खानेपानी समस्याबारे कुरा गरेको र त्यसपछी कालोमोसो दलेर फरार भएको उनले बताए ।

कालो मोसो दल्ने समुहको खोजी भई रहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । दिउसो २ बजे एक समुहले कालो मोसो दलेको सुचना पाए लगतै घटनाको अनुसन्धान सुरु गरिएको र सम्लग्नहरुको खोजी भई रहेको प्रहरीको भनाई छ । तर मंगलबार सम्म कोहि पनि पक्राउ पर्न सकेको छैन ।

कोहलपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका उपभोक्तले पैसा तिरेपनी पानी उपभोग गर्न नपाएको गुनासो गर्ने गरेका थिए ।  बिगत एक महिना देखि कोहलपुर नगरपालिका वडा नं ६, १० र ११ का केहि स्थानम खानेपानी सप्लाइ पुर्णरुपमा बन्द भएको छ । यस सम्बन्धमा उपभोक्ताहरुले खानेपानी कार्यालयको पटक पटक ध्यानाकर्षण गराए पनि सो कार्यालयले पानीको आपुर्ति गर्न सकेको थिएन ।

यसैबिच कोहलपुर बृहत शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष नर बहादुर मल्ललाई कालोमोसो दलेको जिम्मा युवा जनस्यसेवक नेपालले लिएको छ । युवा जनस्वयमसेवक नेपाल कर्णाली ब्युरोले सोमबार एक प्रेम विज्ञप्ति जारी गरेर कोहलपुर खानेपानीका अध्यक्ष मल्ललाई कालोमोसो दलिएको घटनाको जिम्मेवारी लिएको हो ।

सोमबार जारी गरिएको उक्त विज्ञप्तिमा कोहलपुर बृहत् सहरी खानेपानी उपभोक्ता संस्थामा विगत केही समय यता उपभोक्ताहरूबाट त्यहाँ भईरहेको अनमियतता बारे खवरदारी गर्दा पनि उक्त हर्कत नसच्याएको र उल्टै सोही संस्थाका अध्यक्ष नरबहादुर मल्लले उपभोक्तालाई धम्कि दिने गरेको साथै संस्थामा थुप्रै खाले अनमियतता भएकाले चेतावनी स्वरूप हाम्रो संगठनले कालो मोसो दलि सांकेतिक कार्वाही गरेको जनाएको छ ।

साथै उक्त सङ्गठनले गतबर्ष नै सधारसभा गरी नयाँ कार्यसमिति चयन गरि संस्थाको नियमित कार्य सञ्चालन गर्नुपर्नेमा पुरानै समितिलाई निरन्तरता दिई संस्थाको विधान विपरीत अवैधानिक ढंगले कार्य समिति चलाएको, नगरका विभिन्न ठाउँहरूमा खानेपानी पाईपहरू विछ्याउदा तथा मर्मत सम्भार गर्दा व्यापक रूपमा आर्थिक अनमियतता रहेको जनगुनासो आएकाले कारबाही गरिएको उल्लेख गरेको छ ।

 

अबैधानिक कार्यसमितिले कोहलपुरमा पानीको सुनिश्चितता गर्न सकेन

 

जनता झुक्याउदै कोहलपुर खानेपानी दश दिन बित्दा पनि आएन धारामा पानी

Nabintech