२३ बैशाख २०८१, आईतवार
जोमेन जेम्सको मुद्धा दर्ता दोषि प्रमाणित भए के हुन्छ सजाय ?

२०६३ सालमा सन्तबिर सुनारको नागरिकता टोलीलाई झुक्कयाएर नेपाली नागरिकता लिएको अनुसन्धानका क्रममा खुलेपछि जोमेन जेम्स प्रहरीको फन्दामा


  • टाइम्स संवाददाता

  • २५ फाल्गुन २०७९, बिहीबार १६:३२

कोहलपुर,बांके:बिभिन्न समयमा बिभिन्न बहानामा जीवन ज्योती स्कुलको परीसरमा बितण्डा मच्चाउदै आएका कोहलपुर १० मा रहेको जीवन ज्योती स्कुलका फादर भनिने जोमन जेम्स किर्ते नागरिकतामा पक्राउ परेपछि उनीमाथि कोहलपुर प्रहरीले मुद्धा दर्ता गरि थप अनुसन्धानका लागि म्याद थप गर्न जिल्ला अदालत बांकेमा आज बिहीबार हाजिर गराईएको कोहलपुर ईलाका प्रहरी प्रमुख सुन्दर तिवारीले जनाएका छन । ६ दिनको म्याद थप भई आएको जानकारी दिंदै प्रहरी प्रमुख सुन्दर तिवारीले  किर्ते तरीकाले नागरिकता लिएको प्रमाणित भए कानुन बमोजिम कारबाहि हुने बताएका छन ।

२०६३ सालमा जन्मसिद्धका आधारमा नागरिकता प्रमाण पत्र नं. ६६३०१३ र ४१ लिएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेपछि अनुसन्धानका शिलशिलामा उनी गत शनिबार पक्राउ परेका हुन ।आफुलाई कोहलपुर ६ को स्थायी बासिन्दा भएको भन्दै सोहि ठाउँका बालकिसुन थारु, जलारु थारु र अन्य एकजनालाई साक्षि राखि सर्जिमन गराई आफ्नो बाबुको नाम एमो जेम्स र बाजेको नाम थोमन जेम्स भएको नक्कली बाबु बाजे खडा गरेको सर्जिमन समेत तयार पारेका थिए । आफु सोहि स्थानमा बाबु एमो जेम्सबाट जन्मेको किर्ते सन्तानको मिसल बनाई तत्कालिन २०६३ सालमा सन्तबिर सुनारको नागरिकता टोलीलाई झुक्कयाएर नेपाली नागरिकता लिएको अनुसन्धानका क्रममा खुलेपछि आफुलाई फादर भनाउने जोमेन जेम्स प्रहरीको फन्दामा परेका हुन ।

बिद्यालयमा प्रिन्सिपल वा हेडमास्टर हुनुपर्नेमा कलिला बालबालिकालाई आफु फादर भएको र फादर भन्न उर्दी जारी गरेपछि ससाना बालबालिका देखि निजका आसेपासेहरुले समेत निजलाई फादर भन्दै आएका थिए । नागरिकता ऐन २०६३ बमोजिम बंशज, अंगिकृत, गैर आवासिय र सम्मानार्थ मात्र नेपाली नागरिकता प्रमाणपत्र पाउने प्रचलित कानुनी ब्यवस्था भन्दा पर गएर जोमन जेम्सले कसरी नेपाली नागरिकता त्यो पनि जन्मसिद्धका आधारमा लिन सफल भए यतिबेला आम चासोको बिषय बनेको छ ।

नेपालको संबिधान जारी हुनुपुर्व जन्मको आधारमा नेपाली नागरिकताको प्रमाण पत्र बितरण हुने गरेको भएपनि वर्तमान संविधानमा जन्मको आधारमा नेपाली नागरिकता पाउने ब्यवस्था भने रहेको छैन ।

जोमन जेम्सले कसको आडमा यति ठुलो निर्णय लिएर जाल सांक्षि सहित नागरिकता प्राप्त गरेका हुन यो प्रहरी अनुसन्धानले खुलाउदै जाला । तर बिभिन्न दल, ब्यापारी संगको उठबस र हिमचिमले मतियार खडा गरि उनले नागरिकता प्राप्त गर्ने बाटो खुलेको भने नकार्न सकिने अबस्था छैन । यसरी जालसांक्षि गरि नागरिकता प्राप्त गर्ने ब्यक्ति र निजका मतियारहरुलाई कानुनी उपचारको के कस्तो ब्यबस्था रहेको बारे बुझ्दा नेपालको नेपाल नागरिकता ऐन २०६३ को दफा २१ को १ अनुसार कुनै विदेशीले नेपाली नागरिक भएको दाबी गरी झुठो विवरण दिई नेपाली नागरिकता प्राप्त गरेमा एक वर्ष देखि पाँच वर्षसम्म कैद वा पचास हजार रुपैयाँ देखि एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ब्यबस्था रहेको छ भने झुठो विवरण दिई नागरिकता प्राप्त गरेबापत यस उपदफा बमोजिम सजाय भएमा त्यसरी प्राप्त गरेको नागरिकता स्वतः रद्द हुनेछ भनि उल्लेख गरिएको छ ।

साथै झुटो बिबरणका आधारमा नागरिकता दिलाउने कार्यमा सनाखत वा सिफारीस गर्ने ब्यक्तिहरुलाई ६ महिना देखि ३ बर्ष सम्मको कैद वा २५ हजार देखि ५० हजार सम्म जरीवाना वा दुबै हुन सक्ने ब्यवस्था यसै दफाको २ मा उल्लेख गरिएको छ । स्मरण रहोस निज जोमेन जेम्स पक्राउ परेदेखि मुटुको औषधि सेवन गरिरहेको बहानामा डाक्टरसंगको मिलेमतोमा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा बस्दै आएका छन ।

जिवन ज्योतीको फादर भन्ने ‘जोमेन जेम्स’ पक्राउ

Nabintech