६ बैशाख २०८१, बिहीबार
एमयुका आंगिक क्याम्पसहरुको स्ववियु चुनाव ५ गते हुने (पत्र सहित)

स्ववियु चुनावको मिती तय भई निर्वाचन हुने भएपछि फेरी पनि क्याम्पसहरुमा बिद्यार्थीहरुबिच चुनावी सरगर्मि बड्दै


  • टाइम्स संवाददाता

  • ३ चैत्र २०७९, शुक्रबार १३:०६

कोहलपुर,बाँके:मध्यपश्चिम विश्वबिद्यालय अन्तरगतका आंगिक क्याम्पसहरुमा उच्च अदालत सुर्खेतको आदेश र केहि क्याम्पसहरुमा असहज परिस्थिती भन्दै निर्धारित मितीको पुर्व संध्यामा हिज बिहिबार स्थगित गरिएको स्ववियु निर्वाचन चैत्र ५ गते आईतबारका दिन हुने भएको छ ।

रुकुम पश्चिमको मुसिकोट क्याम्पस, बर्दियाको बबई क्याम्पस र दैलेखको दैलेख क्याम्पसमा असहज परिस्थिी सिर्जना भएको उल्लेख गर्दै मध्यपश्चिम क्याम्पसका उपकुलपति नन्द बहादुर सिंहले आंगिक क्याम्पसहरुमा असहज परिस्थिती भएको भन्दै अर्को निर्णय नभए सम्मका लागि भन्दै अपरान्न साढे तीन बजे आंगिक क्याम्पसहरुमा पत्राचार गरेपछि क्याम्पस बृत्तमा तरंग फैलिएको थियो ।

क्याम्पसहरुमा भेला भएका राजनैतिक दल, बिद्यार्थी संगठन र स्थानिय सरकारले समेत सहज वातावरण भएका क्याम्पसहरुमा निर्बिकल्प स्ववियु चुनाव हुनुपर्ने भन्दै आवाज उठाएपछि बाँकेको बागेश्वरी बहुमुखि क्याम्पस लगाएतका अन्य सहज वातावरण भएको क्याम्पसहरुमा चैत्र ५ गते स्ववियु चुनावको मिति तय गरिएको हो ।

मध्यपश्चिम विश्वबिद्यालय कार्यकारी परिषदको चैत्र ३ गते बसेको बैठक र सो बैठकको निर्णय नं. १२४९ अनुसार चैत्र ३ गते निर्वाचन सम्पन्न हुन नसकेका तर अदालतमा मुद्धा परि स्थगित गरिएका बाहेकका क्याम्पसहरुमा निर्वाचन सम्पन्न गराउने बारेको सुचना पत्राचार भएसंगै स्ववियु चुनाव हुने मिति तय भएको बागेशवरी बहुमुखि क्याम्पस कोहलपुरका क्याम्पस प्रमुख दान बहादुर हमालले कोहलपुर टाईम्सलाई जानकारी दिए । स्ववियु चुनावको मिती तय भई निर्वाचन हुने भएपछि फेरी पनि क्याम्पसहरुमा बिद्यार्थीहरुबिच चुनावी सरगर्मि बढेको छ ।

मध्यपश्चिम बिश्वबिद्यालयले स्ववियु चुनाव स्थगित गरेपछि उपकुलपतिको सर्बत्र आलोचना

 

Nabintech